मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पिकअप लिदै किन लाग्छ माया

विष्णु शाही, नेपालगंज, 2012/07/02

पछिल्लो समय फिल्महरुको चित्त बुझ्दो व्यापार नभई निर्माताहरु निराश भइरहेको अवस्थामा किन लाग्छ मायाको राम्रो व्यापारले फिल्म निर्माताहरुमा केही आश पलाएको छ ।

 

असार ८ बाट राजधानी र १५ गतेबाट मोफसलमा प्रर्दशन भइरहेको फिल्म किन लाग्छ मायाले काठमाण्डौका हलहरुका साथै मोफसलका एक दर्जन वढी हलहरुमा जिन्दगानी दर्पणछायाँ, प्लान, द्रव्य, अपवादको तुलनामा राम्रो व्यापार गरिरहेको छ । पश्चिम नेपालगंजको श्रृष्टी चलचित्र भवन र धनगढीको सरस्वती चलचित्र भवनमा किन लाग्छ माया अन्य फिल्मसंग जुध्दा समेत दिन प्रतिदिन व्यापारमा राम्रो गरिरहेको श्रृष्टी हलका म्यानेजर रामकृष्ण शर्मा र धनगढीका रंग पत्रकार भवानी रेग्मिले फिल्मिखवरलाई जानकारी गराए ।

 

फिल्मलाई दैनिक चार सय वढी दर्शकले हेर्ने गरेको शर्माले जानकारी गराए । फिल्म कस्तो लाग्यो भन्ने फिल्मिखवरको प्रश्नमा फिल्म हेर्न आउने प्राय दर्शकले फिल्मको संगित पक्ष संगै कथा मन परेको वताए । शक्तिवल्लभ घोरासैनीको निर्माण, गोपालचन्द्र लामिछानेको निर्देशन, अविनाश श्रेष्ठको कथा रहेको फिल्म हेर्न हलमा सवै वर्गका दर्शकको उपस्थिती समेत रहेको थियो ।

 

माया प्रेम साथै सामाजिक कथावस्तु समेटेको फिल्ममा निखिल उप्रेती, झरना थापा, राजवल्लभ कोइराला, गरिमा पन्त, शंकर लामिछानेको मुख्य भुमिका रहेको छ । पश्चिम दाङ, सुर्खेत, वर्दिया, महेन्द्रनगरका हलहरुमा आउने सातावाट प्रर्दशन गरिने किन लाग्छ मायाको प्रोमोशनका लागि निर्माण युनिट मंगलबारबाट देशदौडाहमा निस्कनेछ । फिल्मको राजधानी भन्दा मोफसलको कलेक्सन राम्रो हुने आश गरिएको छ ।