मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

विकाश बनाउँदैछन् `खहरे ९१.१`

फिल्मीखबर, काठमाण्डौ, 2012/07/02

स्पोर्टस र बच्चाहरूको ड्रामामा नेपाली फिल्म 'खहरे ९१.१' बन्ने भएको छ । ओस्कार कलेज अफ फिल्म स्टडिजमा अध्ययनरत विकास न्यौपानेले गोबिन्द प्रसाद खनालको सहकार्यमा उक्त फिल्म निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।

 

म्युजिक भिडियो तथा सर्ट फिल्म निर्देशन गरिसकेका विकासले निर्देशन गर्ने सो फिल्मको कलाकार छनोट कार्य हुँदैछन् । विकासका अनुसार फिल्मको भाद्र महिनाको अन्त्य तिर सुटिङ शुरू गरिनेछ । ग्रामिण भेगको संस्कृतिलाई झल्काईने उक्त फिल्मले बच्चा र फुटबल खेललाई बिशेष रूपमा प्रस्तुत गर्नेछ । विकासले असार महिनाको अन्तिम सम्ममा कलाकारहरू छनोट भईसक्ने बताए ।

 

प्रि-प्रोडक्सनको अन्तिम चरणमा पुगेको उक्त फिल्मको डिजिटल पेन्टिङ पोस्टर पनि सार्वजनिक गरिएको छ । नेपाली फिल्मको पोस्टरबाट असन्तुष्ट रहेका विकासले नयाँ टेस्ट दिन डिजिटल पेन्टिङ पोस्टर बनाएको बताए । उनले फिल्मको पब्लिसिटी पोस्टर पनि डिजिटल पेन्टिङबाट नै बनाउन सकिने बताए । पोस्टरलाई रोयल भिमसेनले तयार पारेका हुन् ।