
श्रावण १९ को राजधानी रिलिजलाई एक साता अघि सारेको बहु प्रतिक्षित फिल्म मायाज बारको प्रोमो र गित सार्वजनिक गरिएको छ । यस अघि सार्वजनिक गरिएको टिजरबाट अपेक्षा गरिए अनुसारको प्रतिक्रिया पाएको जनाउदै श्रीराम बालाजी फिल्मसले आफ्नो फिल्मको नयाँ प्रोमो र गित फिल्मीखबर मार्फत वर्ल्ड रिलिज गरेको हो ।
दिनेश डिसीको निर्देशनमा बनेको सो फिल्ममा निशा अधिकारी, करिश्मा मानन्धर, राजेश हमाल सहित नयाँ हिरो गजित बिष्टलाई लिड रोलमा देख्न सकिन्छ । मेघा बजेटको सो फिल्मको बिषयमा चिया गफ देखि बियर गफ सम्म विभिन्न बहस हुन थालेका छन् । यध्यपी फिल्म न हो नहेरुन्जेल केही भन्न सकिदैन तर निर्माण कम्पनीले समिक्षकको नजरमा पनि खोट नभेटिने गरी फिल्म तयार भईरहेको जनाएको छ । सार्वजनिक गरिएको प्रोमोमा सेक्स सधै बिक्रि हुन्छ भनी हाईलाईट गरिएको छ ।
यसैगरी गम्भीर बिष्टको कोरियोग्राफीमा सुन्दर शैलीले तयार गरिएको मायाज बारको गित पनि प्रोमो संगै रिलिज गरिएको छ । सुरेश अधिकारीको संगीत तथा गीतमा राजेश पायल राई र दुर्गा परियारको आवाज सुन्न सकिन्छ । पुरुषोत्तम प्रधानको क्यामेरावर्कमा तयार गरिएको सो फिल्मलाई सुनिल मानन्धरले निर्माण गरेका हुन् जसले दश बर्षे फिल्मी करिअरमा मायाज बार जत्तिको उच्चकोटीको नेपाली फिल्म नबनेको दावी पनि गरेका छन् ।
सुनिलले गरेको दावी कत्तिको सहि हुनेछ छ त्यो श्रावण १२ राजधानी र १९ गते मोफसलका हलमा फिल्म लागेपछि दर्शकले स्वत थाहा पाउने छन् तर अहिलेलाई हेरौ न त सार्वजनिक गरिएको प्रोमो र गीत कत्तिको उच्च कोटीको बनेको छ त ?