मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टाईफाईडले थलिईन् मञ्जरी हिरोईन

फिल्मीखबर, काठमाण्डौ, 2012/07/01

४२ डिग्री तापक्रमको कारण मञ्जरी फिल्मबाट हिरोईनमा डेब्यू गर्न लागेकी सुजाता कोईराला टाईफाईडले थलिएछी सो युनिट तनावमा छ । हिरोईन सहित अर्की कलाकार कोपिला थापा तथा १३ जना प्राविधिक पनि चर्को गर्मीले विरामी पर्न थालेपछी अपेछित रुपमा सुटिङ अगाडी बढाउन सकेको छैन सो युनिटले ।

 

धेरै सिकिस्त चाहिं हैन तर उहाँलाई जन्डिस भएपछि केही दिन पूर्ण रेष्ट दिएका छौ', बुटवलबाट फोनमा कुरा गर्दै निर्देशक गणेश देब पाण्डेले भने । पाण्डेका अनुसार जन्डिस भएपछी हिरोईन सुजातालाई स्थानिय सिटी हस्पिटल भर्ना गरिएको छ । 'सम्भवत मंगलबार देखि उहाँले सुटिङ जोईन गर्नु हुन्छ अहिले अन्य सिन खिचिरहेका छौं', पाण्डेले बताए । 'फष्ट टाईम भ्याली बाहिर त्यसमाथि गर्मी ठाँउमा सुटिङ गरिने भएकाले यस्तै होला भनेर हामीले सुटिङ सुरु हुनु दश दिन अघि नै उहाँलाई बुटवलको मौसमसंग एडजष्ट गराएका थियौ तर पनि उहाँ बिरामी हुनु भयो', पाण्डेले भने ।

 

पाण्डेले दोस्रो फिल्मको रुपमा निर्देशन गरिरहेको उक्त फिल्ममा बरिष्ठ कलाकार टिका पहाडीका छोरा गौरव पनि हिरो भएर कलिउड डेब्यू गर्दैछन् । बुटवलका रैथाने पाण्डेले गृहनगरको बास्तविक घटनालाई पर्दामा उतार्न लागेकाले सुटिङ हेर्न आएका हजारौ दर्शकको भिडलाई नियन्त्रण गर्न नसक्दा सुस्त गतिमा सुटिङ गर्न बाध्य भएको तर्क गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भईरहेको सो फिल्मको ६० प्रतिशत सुटिङ बुटबलमै गर्ने युनिटले जनाएको छ । हिरोईन सोमबार सम्म ठिक भएमा दश दिन भित्र त्यहाँको गर्मी छाडी मुग्लिङ, नारायणघाट हुदै काठमाण्डू आएर सुटिङ प्याकअप हुने बताईएको छ ।  

 

असार २९ देखि रिलिजको तयारीमा रहेको मालतीको भट्टीको प्रोमोशनबाट बञ्चित भएका उनले प्रोड्यूसर प्रदीप उदयसंग विवाद नभएको तर्क गरेका छन् । उनले सेन्सर समयमा  बोलाए पनि सुटिङ छाड्न नमिल्ने भन्दै चाहेर पनि गडफादरलाई समय दिन नसकेको बताए । उनले  भने, 'मैले २० महिना टाईम दिए तर अहिले अर्को प्रोजेक्ट रनिङ भईरहदा चाहेर पनि पब्लीसिटीमा साथ दिन नसकेको हुँ । जुन मैले स्वीकार गरेको छु तर यदि यहि कुरालाई लिएर प्रोडक्सन टिम मसंग असन्तुष्ट छ भने मेरो भन्नु केही छैन ।'

 

मालतीको भट्टी प्रतिक्षित फिल्मको लिष्टमा रहेको फिल्म हो जसकारण प्रदीप उदयले यो फिल्मको प्रोमोशन जोडतोडले गर्ने योजना बनाएका थिए तर निर्देशकसंग उनको तालमेल नमिलेपछी उनले असार १५ गते गर्ने भनिएको फिल्मको प्रेस मिट पनि अनिश्चितकालका लागि सरेको छ । जसबाट स्वतः पुष्टी हुन्छ प्रोमोशनका बिषयमा निर्देशक र निर्माताको असन्तुष्टी बढेको हो ।