
नायक रमित ढुङगाना अमेरिकामा घाईते भएका छन् । २ महिना अघि अमेरिका पुगेका रमित न्युयोर्कको बेल्ली जिममा जिम गर्ने क्रममा घाईते भएका हुन् । उनको दाहिने हातको बुढी औँलाको नशा च्यापिएको छ ।
जिम गर्दा गर्दै उनको हात च्यापिए पछि उनलाई जिमका कर्मचारी र उनका सहयोगीले हस्पिटल पुर्याएका थिए । उपचार पछि अहिले उनले आराम गरिहेका छन् । घाईते हुनु अघि उनि अमेरिकामै सुटिङ भैरहेको ‘बुद्ध बर्न ईन नेपाल‘ नामक फिल्ममा व्यस्त थिए । दर्घटना पछि उक्त फिल्मको सुटिङ पनि रोकिएको छ । ‘बुद्ध बर्न ईन नेपाल‘ को सुटिङ सकि नेपालमा आईडिया नामक फिल्मको सुटिङको लागी गत शुक्रबार रमितले नेपाल आउने टिकट फिक्स गरेका थिए ।
डक्टरले उनलाई अझै दुई महिना आराम गर्न सल्लाह दिएका छन् । अव उनि पुर्ण रुपमा स्वस्थ भएर केही महिना पछि मात्र नेपाल फर्कने भएका छन् । विगत ५ वर्ष देखि ६ महिना अमेरिका ६ महिला नेपाल बस्दै आएका रमित दुई महिना अघि नेपालमा दुस्मनि फिल्मको छायाँङकन सकि अमेरिका गएका थिए । रमित अमेरिकाको न्युयोर्कमा परिवारसंग बस्दै आएका छन् ।