मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मायाज बारलाई एक साता अघि नै हेर्न पाईने

फिल्मीखबर, काठमाण्डौ, 2012/07/01

पछिल्लो समयको प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'मायाज बार' निर्धारित मिती भन्दा एकसाता अघि रिलिज हुने भएको छ । 'खास कारण त केहि छैन तर हामीले श्रावण १२ गते रिलिज गर्दा राम्रो हुने लक्षण देखेर सारेका हौं', निर्देशक दिनेश डिसीले फिल्मीखबरलाई बताए ।

 

श्रावण १८ गते मोफसल र १९ गते राजधानीका हलमा रिलिज हुने बताईएको सो फिल्मको मोफसल रिलिज भने निर्धारित मितीमा नै हुनेछ । श्रावण १२ गते गोबिन्द शाहीको फिल्म संसार आफ्नै रिलिज हुने बताईेको थियो तर क्यू सिस्टमबाट संसार आफ्नै एक साता पर धकेलिए पछि सुनिलले आफ्नो फिल्मलाई एक साता वर तानेका हुन् । मायाज बारलाई निर्माता मानन्धरले नै वितरण गर्नेछन् भने संसार आफ्नैलाई सोही फिल्मका निर्माता गोबिन्द शाहीले वितरण गर्नेछन् ।
 

आवेगमा आएर गलत निर्णय लिंदाको परिणाम र प्रेममा इगो राख्दा त्यसले नित्याउने असरलाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको पूर्ण मनोरञ्जनात्मक फिल्म मायाज बारमा राजेश हमाल, करिष्मा मानन्धर, निशा अधिकारी र गजित बिष्ट मुख्य भुमिकामा छन् । फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, सुरेश अधिकारीको संगीत, गम्भिर बिष्टको नृत्यनिर्देशन तथा एनबी महर्जनको द्धन्दनिर्देशन रहेको छ ।

 

करिब डेढ लागतमा निर्माण भएको बताईएको सो फिल्मको शिर्ष गीत अहिले निकै चर्चामा छ । उक्त शिर्ष गीतमा आस्था राउत र दिनेश डिसीको स्वर सुन्न सकिनेछ । यस्तै मायाज बारका अन्य गीत सुन्न तलको लिङ्कमा जानुहोला !

http://www.filmykhabar.com/audio