
कहाँ छौ कहाँ वाट फिल्मी इन्ट्री मार्दै रजतपटमा प्रवेश गरेका प्रोड्यूसर गोविन्द शाही यतिवेला आफ्नो दोस्रो फिल्म संसार आफ्नै को पव्लिसिटिमा निकै व्यस्त छन । श्रावण १२ गते देखि एकैसाथ नेपाल भर प्रर्दशन गरिने भनी प्रचार प्रसार गरीए पनी विविध कारणले गर्दा उक्त फिल्म एक साता पछी सरेको छ ।
साउन १८ गते मोफसल साथै दुवई, कतार, जर्मन, कोरीया, मलेसिया, वेल्जियम लगायत एक दर्जन बढि देशमा र साउन १९ मा काठमाण्डौंका एक दर्जन वढी हलहरुमा अब फिल्म प्रर्दशन गरीने फिल्मका प्रमुख कलाकार समेत रहेका प्रोड्यूसर शाहीले जानकारी गराए । उनले यो फिल्म पहिलेको फिल्म भन्दा अझै राम्रो वनेको भन्दै हरेक वर्गले एकपटक हेरेर सन्देश लिनुपर्ने समेत वताए ।
युवा पुस्ताको माया प्रेम साथै सत्य घटनामा आधारीत फिल्म संसार आफनैलाई रन्जित रानाले निर्देशन गरेका हुन् । फिल्ममा वसन्त सापकोटा, तारा प्रकाश लिम्वु, चेतन/;सुर्यको संगीत सुन्न सकिन्छ भने अष्ट मर्हजनको द्धन्दनिर्देशन रहेकोछ । फिल्ममा सुमन सिंह, झरना थापा र राजकुमार थापा सहित प्रोड्यूसर शाही पनि मुख्य भुमिकामा छन् ।
रिलिज पूर्व चेतन/सुर्यको शव्द संगितमा सनुप पौड्याल र सवनम गुरुङको स्वरमा रहेको 'फुलै फुल छ यहाँ वसन्तमा..' वोलको गितले निकै चर्चा पाइरहेको छ ।एक हप्ता रिलिज मिती हेरफेर भएपनी संसार आफ्नैवाट व्यावसायिक सफलता प्राप्त गरिन्छ भन्ने कुरामा प्रोड्यूसर शाही निकै आशावादी देखिएका छन् ।