अदालती प्रक्रिया अघि बढाउन प्रहरीले यथेष्ट प्रमाण नभेटिएको भन्दै मोडल दिक्पाल कार्कीलाई छाडिदिए पनी सो घटना अझै सेलाएको छैन । कन्क्लुजनमा को मुसा को बिरालो आरोप प्रत्यारोप यसरी नै चलिरहे प्रहरीको थप अनुसन्धानबाट प्रष्टीने छ तर दुई तर्फी भनाई सुन्दा दुवै पक्ष दहरिलो जस्तै देखिएका छन् ।
प्रहरीले पनि विनय डिसी नाम गरेको फेसबुक एकाउन्ट को बाट र कहाँ बाट संचालन भईरहेको छ भन्ने बिषयमा पत्तो लगाउन सकेको छैन भने आरोपबाट करिब मुक्त पाईसकेका दिक्पालले आरोप लगाउने हिरोबाट अझै सुख पाएका छैनन् । प्रहरी प्रभाग जावलाखेलले ९ दिन हिरासतमा राख्दै दिक्पाललाई जिल्ला प्रशासन कार्यालय रिफर गरी सात हजार धरौटी रकम बुझाउदै तारिखमा छुटेका हुन् तर तारिखमा छाडिए लगत्तै उस्तै प्रकृतिको मुद्धा प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमान ढोकामा परेपछी विवाद थप लम्बिएको छ ।
विवादमा विनिता बराल पनि परेकी छिन् । जसले मोबाईल मार्फत पठाएको एक एसएमएसको बिषयमा लिखित रुपमै माफी मागेकी छिन् । चपली हाईटलाई स्क्रिप्ट राईटर कुमार भट्टराईले फेसबुकमा पूर्ण रुपमा ब्लू फिल्म भनी स्टाटस पोष्ट गरिदिएपछी उनीसंग विनिताको भनाभन भएको थियो जुन रिसको आवेगमा विनिताले कुमारलाई मोबाईल टेक्सटमा अपशब्द प्रयोग गरेकी थिईन् । 'त्यो मोबाईलको अपशब्द सत्य हो जुन धेरै महिना अघिको हो र मैले लिखित रुपमै गल्ती स्वीकार गरेको पनि छु तर फेसबुक लफडाको बिषयमा भने माफी मागेको हैन', बिनिताले माफी मागेको बिषयमा प्रष्ट पारिन् ।
यस्तै मोडल दिक्पालले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी चर्चित हुन आफूलाई फसाईएको बताएका छन् । उनले नौ दिन सम्म प्रहरीबाट कुनै किसिमको शारिरीक यातना नखेपेको तर आरोपले मानसिक यातना ज्यादै खेपेको बताए । तनावका कारण उनले पाँच केजी वेट लस गरेको पनि पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा राज घिमिरे पनि आएपछि केही बेर दिक्पाल र उनको भनाभन पनि भएको थियो । यध्यपी रिपोर्टस क्लवका कर्मचारीले उनलाई दिक्पालको प्रेस मिटमा बोल्न नमिल्ने भन्दै हस्तक्षेप गरेपछी राज बाहिरिएका थिए ।
प्रेस मिटमा दिक्पालले कुनै हालतमा आफू दोषी नरहेको बताएका थिए भने राजले आफूसंग सम्पूर्ण प्रमाण रहेको भन्दै दिक्पाल धेरै बोलिरहे उनी विवादबाट उम्किन नसक्ने बताए । यध्यपी पत्रकार सम्मेलन पश्चात विवाद साम्य बनाउन दिक्पाल र राजको भेट भएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अधिवक्ता बिजय सिलवालको कार्यालय सार्थक ल फर्म लगनखेलमा राज र दिक्पालको दुई पक्ष कुराकानी हुदै भोली देखि यो बिषयलाई नचर्काउने सहमति भएको छ । तर सो सहमति पश्चात पनि राजले दिक्पालले आफूसंग माफी मागेको र दिक्पालले पनि राजले यो बिषयमा आफूसग विवाद नलम्ब्याउन एक्सक्यूज मागेको भन्दै हिड्न थालेका छन् । जसबाट के पुष्टी हुन्छ भने मुसा र विरालोको खेल जस्तै यि दुईको खेलमा मिडिया र प्रहरी प्रशासन पनि गोल खाईरहेको अवस्था देखिएको छ ।