मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्रीद्धारा अभिनेत्री पुरस्कृत

फिल्मीखबर, काठमाडौँ, 2012/06/30

सहकर्मीबाट पुरस्कृत हुदाको अनुभव साच्चिकै गर्व गर्न लायक हुन्छ र यस्तै देखियो हिजो शुक्रबार भएको एक कार्यक्रममा जहाँ अभिनेत्री बसुन्धरा भुषालले सहकर्मी सुभद्रा अधिकारीलाई आफ्नो गुठीबाट २५ हजार नगद सहित ताम्रपत्रले सम्मान गरिन् ।

फिल्म उद्योगका केही हस्ती ब्यक्तित्वको भिडमा उनले आफ्नो र श्रीमानको नामबाट स्थापना गरेको गुठी 'चेतनारायण बसुन्धरा भुसाल सम्मान पुरस्कार ' २०६८ ले सुभद्रालाई  पुरस्कृत एवं सम्मान गरेकी हुन् । 'यति ठूला ब्यक्तिबाट सम्मान पाएको पाएकोमा आज मैले ज्यादै नै खुशीको क्षण मैले पाए', सम्मान पश्चात बोल्दै हर्ष साटिन् सुभद्राले । उनलाई राष्ट्रकवी माधव घिमिरे सहित बरिष्ठ ब्यक्तिहरुको हातबाट सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।



यस्तै सोही कार्यक्रममा बरिष्ठ फिल्मकर्मी यादव खरेललाई पनि २०६७ अन्र्तगतको सोही पुरस्कारले सम्मान एवम् पुरस्कार प्रदान गरियो । उनले उमेर ढल्केसंगै पाएको पुरस्कारले आनन्दित बनाउने बताए । नेपाली फिल्म क्षेत्रमा अनवरत रुपमले आफ्नो योगदान पुर्याए वापत सुभद्रा र यादवलाई बसुन्धराको गुठीले सम्मान एवं पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा रंगकर्मी रामराज क्षेत्रीलाई पनि बसुन्धराको गुठीले सम्मान गरेको छ । सोही कार्यक्रममा न्यूयोक कला मंचले बरिष्ठ संगीतकार अमर गुरुङ र नाटककार प्रचण्ड मल्लाई पनि लाईफ टाईम अचिभमेन्टले  सम्मान गरियो ।