मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काम चलाऊ सरकारले कलाकारलाई १० करोड दिने आश्वासन दियो

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/29

कुनै पनि बेला राज्यको  केन्द्रिय कुर्सी छाडी  पावर लेस हुन लागेको काम चलाऊ सरकारका प्रमुख डा. बाबुराम भट्टराईले कलाकारलाई दश करोड भन्दा बढी रकम दिने आश्वासन दिएका छन् ।

फिल्मकर्मीको प्रतिनिधित्व गर्दे नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधी समेत रहेका निर्माता अशोक शर्माको नेतृत्वमा शुक्रबार बिहान करिब ४० फिल्मकर्मी प्रधानन्मन्त्री भट्टराईलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए । जहाँ कलाकारहरुले राखेका विभिन्न माग मध्ये तीन बुदामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिए । करिब डेढ घण्टा कलाकारहरुसंग भएको छलफलमा प्रधानमन्त्रीले गीतसंगीत पाईरेसी नियन्त्रण अभियानलाई शसक्त ढङ्गमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् भने चलचित्र क्षेत्रलाई कानुनत उद्योगको रुपमा मान्यता दिने र कला क्षेत्रसंग सम्बन्धीत रहेका सम्पूर्ण श्रष्टाको मनोबल बढाउन दश करोड बढीको बजेट निकासा गर्ने आश्वासन दिए ।

 

 

यध्यपी पहिलो भेटमै उनले सो कोषका लागि एक करोड उपलब्ध गराउने मौखिक सहमति गरेका छन् । 'एक करोड मौखिक फाईनल भयो तर त्यतिले पुग्दैन भन्दै उहाँ आफैले दश देखि पन्ध्र करोड बराबरको छुट्टै कलाकर्मी कल्याण कोष खडा गरिदिने ईच्छा देखाउनु भएको छ', छलफलबाट बाहिरिएपछी कार्यक्रम संयोजक अशोक शर्माले जानकारी गराए ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला बाबुराम अर्थमन्त्री थिए जसले पहिलो पटक चलचित्रकर्मीका लागि कल्याण कोष स्थापनाका लागि एक करोड रकम चलचित्र बिकास बोर्डलाई उपब्लध गराएका थिए । जुन कोषको रकमले चलचित्रकर्मीलाई मात्र सहयोग गरिदै आईएको छ । तर यो पटक खोलिने बृहत कोषले संगीतकर्मी नाट्यकर्मी लगायतका कलासंग सम्बन्धीत सम्पूर्ण श्रष्टालाई सम्मान एवं सहयोग गर्ने अशोक बताउछन् । छलफलमा चलचित्र बिकास बोर्ड, निर्देशक समाज तथा कालकारसंघका प्रतिनिधि थिएनन् भने निर्माता संघ र चलचित्र संघबाट प्रतिनिधिको उपस्थिति थियो ।

 

यस्तै प्रधानमन्त्रीसंगको उक्त डेलिगेशनमा तितो सत्य, जिरेखुसार्नी यूनिट तथा गायन र साहित्य विद्याबाट पनि सिमित कलाककर्मीको उपस्थिति थियो । यध्यपी फिल्म क्षेत्रका हस्ती अभिनेता अभिनेत्रीको उपस्थिति भने आवश्यक्ता भन्दा कम  थियो । चलचित्र क्षेत्रलाई उद्योगको रुमा मान्यता दिने मुख्य एजेन्डा बोकेर प्रधानमन्त्री डेलिगेशनमा गएको उक्त टोलीले टास्क फोस्र समिति गठन गरी चलचित्र क्षेत्रमा रहेका समस्या र समाधानका उपाय सहितको प्रतिवेदन दश दिन भित्र प्रधानमन्त्रीलाई बुझाउने छ । छलफलमा मिडियालाई पनि सहभागी गराउने बताईएपनि अशोक शर्माको टोलीले मिडियालाई बेवास्ता गरेको थियो जसकारण संचारकर्मीहरुले प्रधानमन्त्रीसंगको छलफलमा ३ मिनेट तस्बिर/ दृश्य खिच्ने बाहेक प्रत्यक्ष  सहभागिता जनाउन पाएनन् ।

 

मिडियालाई साढे आठ बजे बोलाएर साढे दश बजे सम्म बाहिर राख्न निर्देशन दिएका अशोकको कदम प्रति संचारकर्मीले असन्तुष्टी जनाउदै नेता सरहको उनको ब्यबहारलाई भिन्न शैलीले विश्लेषण गरेका छन् । विशेषत समकालिन केही फिल्मकर्मीले राजनीतिक पहुच देखाएर सरकारी पद धारण गरेको शैलीलाई अपनाउदै उनले पनि सरकारी पद हत्याउन सरकार समक्ष आफ्नो पावर शो गर्न थालेको समिक्षा गरिएको छ । किन कि प्रधानमन्त्री भट्टराईको नेतृत्वमा यस अघि फल्प भएको काठमाण्डू सरसफाई अभियानका लागि अशोकले नै कलाकारहरुको एक टोली लिएर सिहदरबार लगेका थिए र सक्रिय भएर सो योजना सफल पार्न कम्मर कसेका थिए तर भएन त्यसो ।