मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

जीवनको आश `ब्ल्याक मेल`

फिल्मीखबर, काठमाण्डौ, 2012/06/29

पछिल्लो समयका निकै व्यस्त हिरो जीवन लुईटेललाई भाद्र २९ गते बिशेष रहनेछ । कारण उनी अभिनित प्रतिक्षित फिल्म 'ब्ल्याक मेल' उक्त मितीमा सार्वजनिक हुनेछ । अहिले उनी सोही फिल्ममा आफूले निभाएको भुमिकाको प्रतिक्रिया लिन आतुर छन् ।

 

जीवन फिल्मको प्रतिक्षामा बस्नुको बिशेष कारण के होला त ? उनी भन्छन्, 'यो फिल्ममा म बिशेष भुमिकामा छु । दर्शकलाई मलाई अन्य फिल्म भन्दा फरक क्यारेक्टरमा देख्नु हुनेछ र त्यसको प्रतिक्रिया लिन म आतुर छु ।' नसिब आफ्नो, नाइ नभन्नु ल, म तिम्रो भइसकें र अन्दाजबाट राम्रो छाप छोडेका जीवनले ब्ल्याक मेलले बेग्लै छाप छोड्ने आश व्यक्त गरे ।

 

यस्तै उनी अभिनित अर्को फिल्म मालतीको भट्टी यहि असार २९ गते रिलिज हुँदैछ र सो फिल्मलाई पनि उनले प्रतिक्षित फिल्मको लिस्टमा राखेका छन् । मालतीको भट्टीले पनि आफ्नो उचाई बढाउने जीवन बताउँछन् । सस्पेन्स थ्रील फिल्म ब्ल्याक मेलमा जीवनलाई नायिका स्वेता भट्टराईले अनस्क्रिन जोडीको रूपमा साथ दिएकी छिन भने सुमन सिंह पनि मुख्य भुमिकामा छन् । यता मालतीको भट्टीमा भने जीवनलाई दुई नायिका रेखा थापा र नन्दिता केसीले साथ दिएका छन् ।