मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुलस्टपको अफिसियल पोस्टर सार्वजनिक/ रिलिज डेट सर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2012/06/28

प्रदर्शनका लागि तयार हुन लागेको फिल्म 'फुलस्टप' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मीखबर मार्फत पोस्टर सार्वजनिक गर्दै निर्माता मोहनकृष्ण श्रेष्ठले श्रावण १९ गते रिलिज डेट तोकिएको भएपनि प्राबिधिक काम नसकिएकाले सो मितीमा फिल्म रिलिज नहुने बताए । उनका अनुसार छिट्टै नै फिल्मको रिलिज डेट तय गरिनेछ ।

 

कमलकृष्णको निर्देशनमा गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुको समेत लगानी रहेको फिल्म फुलस्टप सस्पेन्स थ्रील फिल्म हो । यसमा बिनिता बराल र सबिन श्रेष्ठ मुख्य भुमिकामा छन् । फिल्ममा निर्देशक कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।
 

चपली हाईटबाट एकाएक चर्चामा आएकी बिनिताले यो फिल्मबाट पनि राम्रो चर्चा र प्रशंशा पाउनेमा ढुक्क रहेको बताएकी छिन् । उनका अनुसार फिल्मको क्यारेक्टर दर्शकका लागि नयाँ छ । ट्यो क्यारेक्टर आफ्ना लागि भने निकै चुनौती रहेको बिनिताको भनाई छ । यस्तै सबिन पनि यस फिल्मले आफ्नो छुट्टै उचाई दिनेमा बिश्वस्त छन् । यतिमात्र हैन निर्देशक पनि रावणले भन्दा बढि यो फिल्मबाट चर्चा पाउने बताउँछन् ।