
सम्भवत जीवनकालकै अन्तिम निर्देशन भन्दै २५ औं फिल्मको रुपमा निर्देशन गरिरहेका निर्देशक शोभित बस्नेतको फिल्म जाउँ हिड पोखराको सुटिङ करिब सकिएको छ । काठमाण्डू हुदै पोखरा तथा जनकपुरको साथै सर्लाहीका विभिन्न स्थानमा सुटिङ गरिएको सो फिल्म ३५ दिने निरन्तर सुटिङ पश्चात केही दिने विश्राममा छ ।
'केही प्याचअप र एउटा गित खिचिए पश्चात फिल्म प्याकअप हुने छ', गत शुक्रबारदेखि मोफसलमा प्रदर्शन भएको आफ्नो फिल्म प्लानको पब्लिसिटीका लागि सुटिङ स्थिगित गरी धरान पुगेका बस्नेतले भने । धरानमा उनलाई एक युवतीका साथ फिल्मीखबरले देखेको थियो । केही महिना अघि फिल्मीखबरमो साना एस.टी. नाम गरेकी युवतीसंग शोभितले मस्ती गरेको विभिन्न तस्बिर बमोजिम ती युवती शोभितका साथ घरान घुम्न निस्किएको फिल्मीखबरको ठम्याई छ ।
शोभितको फिल्ममा रेखा थापा र जीवन लुइटेल लिड रोलमा छन् । सुटिङ स्थगित गरिएपछी फिल्म यूनिट काठमाण्डू फर्किसकेको छ भने शोभित पूर्वमा मस्ती गरिरहेका छन् । 'सम्भवत एउटा गित जोमसोममा खिचिन्छ होला अनि पोष्टप्रोडक्सनमा ब्यस्त हुने छु', सोभितले भने । यस्तै शोभितले क्रिएटिभ माईन्ड भएका नयाँ निर्देशकलाई आफ्नो नयाँ प्रोजेक्टबाट लन्च गर्ने पनि बताएका छन् । उनले भने, 'केही बर्ष अब म फिल्म निर्देशन गर्दिन त्यसैले राम्रो कन्सेप्ट बोकेर कोही फिल्म निर्देशनका लागि आउछ भने म उसलाई चान्स दिन्छु ।'