मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बल्ल आयो मुनामदन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/28

विश्वप्रसिद्ध सिनेमा अवार्ड ओस्कार अवार्डमा छनोट हुन सफल महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुनामदन’ मा आधारित रहेर निर्माण गरिएको फिल्म 'मुनामदन' भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्दैछ ।

 

करिब एक दशक अगाडी निर्माण भई मोफसलमा रिलिज भईसकेको उक्त फिल्म क्यू सिस्टमबाट रिलिज हुन लागेको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा नवराज ढकालले निर्माण गरेको सो फिल्ममा उषा पौडेल र दिपक त्रिपाठीले मुनामदनको भुमिका निर्वाह गरेका छन् । यसैगरी फिल्ममा निर शाह, शुभद्रा अधिकारी, दिनेश डिसी, मिथीला शर्मा, रामचन्द्र अधिकारी, विजय लामाको पनि मुख्य भुमिका रहेको छ ।

 

लक्ष्मण शेषको संगीत, कमल राईको नृत्य, गौतम श्रेश्ठको छायाँकन, रजनीनाथ पन्तको सम्पादन तथा रवि अर्यालको पटकथा तथा संवाद रहेको सो फिल्मले मोफसलका थुप्रै हलमा ५१ औं दिन मनाईसकेको छ । निर्माता ढकालका अनुसार मोफसल र च्यारिटीबाट नै लगानी उठेर फिल्मले मुनाफा कमाईसकेको छ । फिल्म पूर्वका केहि हलमा लाग्न बाँकी रहेकाले आगामी साता नचलेको हलमा चल्ने निर्माताले बताए ।

 

यस्तै भोली शुक्रबारबाट प्रमोद भण्डारीले निर्देशन गरेको फिल्म 'मन पराएँ माया लाएँ' पनि रिलिज हुनेछ । सुनिल ढकालले निर्माण गरेको  सो फिल्ममा श्रीकृष्ण श्रेष्ठ, झरना थापा, शुसिल क्षेत्री र ऋचा सिंह ठकुरीको मुख्य भुमिका रहेको छ । त्यसैगरी गत शुक्रबार राजधानीमा हलमा रिलिज भएको फिल्म 'किन लाग्छ माया' भोली शुक्रबारबाट मोफसलका हलमा लाग्दैछ ।

 

राजधानीमा सन्तोषजनक व्यापार गरेको फिल्म किन लाग्छ मायाले मोफसल तताउने आश निर्माता शक्तिबल्लभ घोरासैनीले लिएका छन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको सो फिल्ममा निखिल उप्रेती, राजबल्लभ कोईराला, झरना थापा, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।