मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्लिन चिट पाउँदै हिरासतबाट मुक्त हुँदैछन् दिक्पाल

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/26

थप मुद्दा चलाउनका लागि यथेष्ट प्रमाण नभएको भन्दै मोडल दिक्पाल कार्कीलाई प्रहरीले थुना मुक्त गर्ने भएको छ । प्रहरी श्रोत अनुसार चपली हाईट हिरो राज घिमिरेले दिएको उजुरीमा थप अनुसन्धान बढाउन यथैष्ट प्रमाण नभएको भन्दै सो विवाद बुधबारबाट स्वत डिसमिस पनि हुँदैछ ।

 

नाम नखोल्ने सर्तमा एक प्रहरी निरिक्षकले दिएको जानकारी अनुसार सामान्य प्रकृतिको यो विवाद आपसी मेलमिलापमा अन्त्य गरेको भए दुवै पक्षलाई राम्रो हुने थियो । बिनय डिसी नामको फेसबुक एकाउन्टबाट आएको गाली गलौजका भाषालाई लिएर हिरो राजले एक हप्ता अघि महानगरीय प्रहरी प्रभाग ललितपुरमा दिक्पाल विरुद्ध उजुरी दिएका थिए । जसको समर्थनमा केही फिल्मकर्मी र दिक्पालका केही साथीले पनि विनय डिसी नाम गरेर सो आईडी चलाउने ब्यक्ति दिक्पालनै रहेको आरोप लगाउदै आएका थिए । तर आएका सम्पूर्ण आरोपमा पूर्ण प्रमाण नभेटिएको भन्दै प्रहरीले दिक्पाललाई हिरासत मुक्त गर्ने भएको हो ।

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार बुधबार बिहान फष्ट आवरमा जिल्ला प्रशासन कार्यालयमा दिक्पाललाई प्रहरीले हस्तान्तरण गर्दैछ । जहाँ सामान्य कागजात गरी कानुन बमोजिम थोरैमा ५०० र धेरैमा २८ हजार जरिवाना तिरी दिक्पालले क्लिन चिट पाउदै विवादबाट मुक्ती पाउदैछन् । यस्तै प्रहरी अनुसन्धानमा रहेका दिक्पालले मंगलबार फिल्मीखबरसंग प्रत्यक्ष कुरा गर्दै केही सञ्चारमाध्यमले आफूले राजसंग माफी मागेको कुरा गलत भएको बताए । उनले भने, 'मैले माफी मागेको छैन तर न्यूज अर्कै तरिकाले प्रेजेन्ट भएछ ।' यस्तै दिक्पालले आफू दोषी नहुँदा पनि पिडा भोगेको भन्दै आवश्यक सरसल्लाहमा आगामी दिनमा आफूलाई पिडा दिने विरुद्ध अघि बढ्ने बताए । उनले विनिताले उक्साएको भनी बयान दिएको खण्डमा केश फिर्ता लिन राजले आग्रह गरेको पनि बताए ।  

उनलाई भेट्न उनका परिवार पनि मंगलबार साँझ प्रहरी प्रभाग जावलाखेल पुगेका थिए । एक प्रहरीका अनुसार दिक्पालले मानहानी भयो भनी राज विरुद्ध उजुरी दिएको खण्डमा उनलाई  पनि अनुसान्धानका लागि प्रहरीले हिरासतमा राख्ने छ । यस्तै दिक्पाललाई भाई मान्दै आएकी हिरोईन विनिता बरालले नभएको आरोप आफूमाथि लगाएकाले निकै तनाव भएको बताईन् । टपलैस फोटो काण्ड भन्दा ज्यादा पिडा यो केशबाट आफूले पाएको उनले बताएकी छिन् ।

 

विनिताको हकमा प्रहरीले उनी बिरुद्ध उजुरी नभई दिक्पालको दिदीको हिसावले सोधपुछका लागि मात्र एक दिन डाकेको बताएकाले उनी यो केशसंग नजोडिएको इन्स्पेक्टर सुरेन्द्र सिटौलालेको भनाई छ । उनका अनुसार सार्वजनिक मुद्धाको यो केशमा जोडिएका सवै आरोप र बयान खारेज भए सरह भएका छन् ।