मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पव्लिसिटीमा पाठशाला

विष्णु शाही, नेपालगंज, 2012/06/26

आफ्नो चौथो फिल्म पाठशालाको प्रचारप्रसार मोफसलवाट सुरुवात गरेका निर्देशक राज वहादुर साने यतीवेला पव्लिसिटिकै क्रममा नेपालगंज आइपुगेका छन् । सुरुमा भिडियो फिल्मको निर्देशन गर्दै रंगमन्चमा प्रवेश गरेका सानेले ठुलो पर्दाको फिल्म पाठशाला पहिलो पटक निर्देशन गरेको हुन् ।

 

सुरुमा निर्माण गरिएका भिडियो फिल्म भन्दा पाठशाला निकै राम्रो भएको सञ्चारकर्मीलाई जानकारी गराए । फिल्ममा स्कुललाई राम्रो वनाउन शिक्षक, बिधार्थी र अविभावकको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयवस्तु साथै सामाजिक प्रेमकथामा आधारित भएको फिल्मीखबरलाई वताउदै फिल्म हरेक वर्गले साथै सम्पुर्ण सञ्चारकर्मीले हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरे । प्राबिधिक कार्य सकी प्रदर्शनको तयारीमा रहेको फिल्म पाठशाला अषाढ अन्त्यमा पश्चिमका केही हलहरुमा च्यारिटी सो गर्ने समेत जानकारी गराए ।


काली गण्डकी सिने म्याक्स प्रालिको व्यानरमा पहिलो पटक निर्मित फिल्ममा राज गौतम र एलवि कटुवालको लगानी रहेको छ । नेपालगंज, सुर्खेत, रुकुम, जाजरकोट लगाएत स्थानमा छायांकन गरीएको फिल्ममा विकाश चौघरीको संगीत, विवेक थापाको नृत्य निर्देशन रहेको छ । विरेन्द्र यादव, राज गौतम, संगीता विसी, मेनका गिरी लगाएतको मुख्य भुमिका रहेको फिल्म असोज तेस्रो सातावाट मोफसलवाट प्रर्दशनमा आउने निर्माता राज गौतमले जानकारी गराए ।