
वन्द कारणले राजमार्गमा यात्रा गर्दा भोग्नु परेको समस्यालाई मुख्य विषय वस्तु बनाइएको फिल्म हाइवेको टोलीले सर्लाहीमा प्रत्रकार भेटघाट कार्यक्रम गरि फिल्मको बारे जानकारी गराएका छन् । आफ्नो फिल्मको बारेमा जानकारी गराउनको लागी निर्देशक दिपक रौनियार एवं मुख्य सहायक निर्देशक शुसान्त श्रेष्ठ पुर्वबाट सर्लाही आइपुगेका हुन् ।
आफु ५७ घण्टा लामो सडक जाममा परेकोले पनि यो बिषय कहि कतैबाट उठ्नु पर्छ भन्ने लागेको यसै बिषय माथि फिल्म निर्माण गरिएको निर्देशक रौनियारले बताए । इलामबाट काठमाण्डौ सम्मको यात्राको घटनालाई प्रस्तुत गरिएको फिल्म हाइवे कहि कतैबाट प्रभावित नभई आफ्नै अलग धारमा निर्माण भएको मुख्य सहायक निर्देशक शुसान्त श्रेष्ठले बताए । फिल्ममा सामाजिक सञ्जालको माध्यमबाट २७ लाख सहयोग पाएको र ६५ लाख आफ्नो लगानी रहेको हाइवे टोलिले जनायो ।
फिल्म हाइवे यहि श्रावण ५ गतेबाट नेपाल र अस्ट्रेलियामा एकै साथ नियमित प्रर्दशन हुने तथा सर्लाहीमा भने श्रावण १२ गतेबाट प्रर्दशन हुने प्रत्रकार सम्मेलनमा बतायो । पत्रकार सम्मेलनलाई चलचित्र पत्रकार संघ सर्लाही महोत्तरी शाखाका अध्यक्ष चन्द्र राई र रेडियोकर्मी तोया घिमिरेले सहजताको भुमिका गरेका थिए । फिल्म हाइवेमा सौगात मल्ल, सृष्टि घिमिरे, दयाह्याङ राई, विनय श्रेष्ठ, कर्मा, रिचा शर्मा तथा पहिलो पटक विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको अभिनय रहेको छ ।