मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवसेनाले भन्यो- `अश्लिल फिल्म बनाए जस्तो सुकै कदम चाल्छौं`

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/26

अश्लिल फिल्मको विरुद्ध सम्पूर्ण फिल्मकर्मी एक जुट भई रहेका बेला हिन्दु राष्ट्रको माग गर्दै आएको शिव सेना नेपालले त्यस्ता फिल्म निर्माण गर्ने कम्पनी र निर्मातालाई कारबाही गर्ने चेतावनी दिएको छ । 

 
शिव सेना मुल संघर्ष समितिका संयोजक अनिल बस्नेतले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अश्लिल फिल्मको विरुद्ध स्वयम चलचित्रकर्मी बुद्धीजिवी तथा संचार माध्यमबाट आएको प्रतिक्रिया बमोजिम आफ्नो सस्थाको तर्फबाट त्यस्ता फिल्म निर्माण नगर्न आग्रह गरेका छन् । यस्तै आफ्नो विज्ञप्ती विपरित कसैले अश्लिल फिल्म निर्माण एवं प्रदर्शन गरेमा जस्तो सुकै कारबाही गर्ने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
 
विशेष गरी एटिएम फिल्मबाट चर्किएको यो ईश्युमा शिव सेनाको बढी ध्यान केन्द्रित भएको बुझिएको छ । यस्तै शिव सेना निकट एक ब्यक्तिले फिल्मीखबरसंग भने, 'एटिएम फिल्म जुन हलले चलाउछ त्यो हल जलाउनेछौ ।'