मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लमजुङमा मगर फिल्म कार्यशाला

फिल्मीखबर, लमजुङ, 2012/06/26

मगर भाषाका फिल्म निर्माणमा देखिएको सुस्ततालाई मनन गर्दै संख्यात्मकतामा र स्तरियतामा बृद्दी गर्ने अभिप्रायले मगर फिल्मकर्मी संघको आयोजनामा लमजुङको बेशीशहरमा मगर फिल्म अवसर सम्भावना र चुनौती विषयक दुई दिने गोष्ठि सम्पन्न भएको छ ।

 

मगर भाषाको फिल्मको विकासको विषयमा भएको छलफल गोष्ठीमा मगर फिल्मकर्मी संघका अध्यक्ष युवराज राना मास्कि मगरले कार्यपत्र प्रस्तुत गर्दै मगर फिल्मको स्तर बृद्धि र बजार प्रवर्द्धनका सम्भावना लगायत विविध पक्ष उजागर गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ फिल्म पत्रकार विजयरत्न तुलाधरले कुनै पनि फिल्म लागत वा उच्च स्तरीय प्रविधीले मात्र होइन कथा वाचनको शैली र विचारको सम्प्रेषणको आधारमा आफ्नो स्तरको पहिचान गर्छ भन्ने राय प्रकट गरे ।

 

यस्तै गरी टिप्पणी कर्ताहरु मध्ये राष्ट्रिय मगर संघका महासचिव नविन रोका मगरले मगर फिल्मले राजनैतिक परिवेशलाई आफ्नो कथामा पिरोल्न नसकेको तर्फ औल्याए भने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशी मगरले फिल्म  भनेको कला शिल्प र संस्कृतिको संयोजन हो भन्ने टिप्पणी गरे । संघका सचिव प्रतिमाया पुनमगरले वर्कशप सञ्चालन गर्ने क्रममा मगर फिल्म बारे विविध पक्ष केलाईन् भने यो गोष्ठीका स्थानीय संयोजक काशिम राना मगरले यस्तो खालका गोष्ठीहरु नियमित रुपमा गर्दै लान सके मगर फिल्मको विकास निश्चित छ भन्ने कुरामा आफु विश्वस्त छु भनि बताए ।