मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

चार दिनमा ३० लाख : किन लाग्छ माया

फिल्मीखबर, काठमाण्डौ, 2012/06/25

आधिकारिक डाटा शो गरिएको छैन तर निर्माताको भनाईलाई आधार मान्ने हो भने किन लाग्छ मायाले चार दिनमा ३० लाखको ब्यापार गरेको छ । फिल्मले राजधानीका १४ पर्दाबाट सोमबार सम्म उक्त कलेक्सन गरेको हो । यध्यपी सोमबारको पूर्ण हिसाव आफू कहाँ नआईसकेकाले कलेक्सन रकम अझै बढ्न सक्ने वितरक समेत रहेको निर्माता शक्ति बल्लभ घोरासैनीको भनाई छ ।

 

विशेष गरी सागितिक पक्षले दर्शकको मन छोएपछी फिल्म हेर्न दर्शक तानिएको प्रदर्शकहरु बताउछन् । सिङ्गल स्क्रिनमा यो फिल्मका दर्शक ज्यादा छन् । शनिबार प्राय सवै फिल्म हलका सिट भरिएका थिए भने सोमबार पनि विश्वज्योतिमा शनिबारको हाराहारीमा दर्शको उपस्थिति रहेको  रिपोर्टे छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको सो फिल्ममा राजबल्लभ कोईराला, गरिमा पन्त, निखिल उप्रेती तथा झरना थापाको मुख्य भूमिका रहेको छ ।  

 

सोमबार सम्म राम्रो बिजनेस गरेका कारण अर्को हप्ता पनि हल संख्या करिब उती नै रहने छाटकाट देखिएको छ । यस्तै आउदो शुक्रबार देखि सो फिल्म मोफसलमा पनि रिलिज हुदैछ ।  'नाफा एउटा ठाँउमा होला तर दर्शकले एक पटक फिल्म हेरेपछी पक्कै धन्यवाद दिनुहुनेछ', हर्षित मुद्रामा निर्माता घोरासैनीले बताए । फर्मुला शैलीको सो फिल्म विशेष गरी राजधानी भन्दा मोफसलमा दर्शकमाझ प्रतिक्षित फिल्म भएकाले मोफसलमा ब्यापार उत्साहजनक हुने निर्माण पक्षको विश्वास छ ।