मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपशिखासंग सुमन सिंहको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2012/06/26

हिरो सुमन सिंहलाई नचिन्ने सायदै छ होला तर उनको दाजोमा हिरोईन दीप शिखा शाहीलाई भने चिन्ने निकै कम छन् ।

 
यि दुईले रोशन हमालको निर्देशनमा बनेको फिल्म रङमा मुख्य भूमिका निर्वाह गरेका छन् । जुन फिल्म रिलिजको तयारीमा छ । रङले यि दुईको केमेस्ट्री कसरी अघि बढाउने हो त्यो अगामी दिनमा थाहा होला तर सो फिल्मको एक गितमा सुमन र दीपशिखाको जोडी जमेकेको देखेपछी निर्देशक प्रदीप निरौलाले उनीहरुलाई एक साथ म्यूजिक भिडियोमा पनि प्रस्तुत गरे ।
 
 
 सोमबार साँझ कान्तिपुर टेलिभिजनको कल कान्तिपुरबाट वल्र्ड प्रिमियर गरिएको सो म्यूजिक भिडियो सुनिभा एल्बमको हो । गीतलाई स्वरुप राज आचार्यले गाएका हुन् । निर्देशक निरौलाले सोही एल्मबको पहिलो गितको म्यूजिक भिडियो तयार गर्दा हिरो राजबल्लभ कोईराला र हिरोईन रिमा विश्वकर्माको जोडी बनाएका थिए । पेशाले फिल्म जर्नलिष्ट उनी फिल्म निर्देशनमा आउने तयारीमा छन् । जसको पहिलो खुड्किलो स्वरुप उनले म्यूजिक भिडियो निर्देशनबाट फिल्म निर्देशनमा परिपक्वता हासिल गर्दैछन् ।
 
फिल्ममा ब्यस्त सुमन सिहंले लामो समय पछि खेलेको म्यूजिक भिडियो प्रदीपको हो । 'फिल्म जर्नलष्टि भएकाले पनि फिल्मका आर्टिष्टसंग काम गर्न सजिलो हुदो रहेछ त्यसैले मेरो प्रोजेक्टमा फिल्म आर्टिष्ट नै भएका हुन',  फिल्मीखबरले म्यूजिक भिडियोमा किन फिल्म आर्टिष्ट भन्ने प्रश्नमा उनले उत्तर दिए ।