
श्रावण १२ को रिलिज मिति तोकिएको करन क्रेजी निर्मित फिल्म ॐ को रिलिज अनिश्चित कालका लागि सरेको छ । प्राविधिक कारण जनाउदै प्रोड्यूसर क्रेजीले सम्भवत भदौ महिनामाको उपयुक्त मितिमा फिल्म प्रदर्शन गर्ने बताए ।
सुमन सिंह तथा झरना थापा मुख्य भूमिकामा रहेको सो फिल्म निर्देशक रामजी लामिछानेको हाल सम्मकै उत्कृष्ट फिल्म पनि भनिएको छ । यो फिल्ममा झरनालाई अलि भिन्न भूमिकामा प्रस्तुत गरिएका कारण निर्माण युनिटले झरनाको नयाँ गेटपको चर्चाले पनि फिल्मले सफलता पाउने विश्वास लिएको छ । 'प्राविधिक कारणबस भदौ श्रावण १२मा रिलिज गर्न सकेनौ त्यसैले भदौ महिनामा रिलिज गर्छु होला', क्रेजीले रिलिज सारिएको सम्बन्धमा खबर दिदै भने ।
यस्तै क्रेजीले एनिमेशनका दृश्यहरु समयमा तयार गर्न नसकिएकाले पनि रिलिज सर्न बाध्य भएको बताए । फिल्मको टाईटल 'ॐ' शिवको प्रतिक भएको भन्दै महाशिवरात्रीको दिन देखि गित रेकर्डिङ त्यसपछी सोमबारको साईतमा सुटिङ र गत जेठ २९ गते सोमबारकै दिन देखि डविङ सुरु गरेका क्रेजीले आज सोमबार फिल्मीखबर मार्फत फिल्मको प्रोमो पनि सार्वजनिक गरेका छन् ।