मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोईन ऋचा घिमिरेले छोरो पाईन्

फिल्मीखबर, काठमाण्डौ, 2012/06/24

विबाह भएको तीन बर्ष पश्चात हिरोईन ऋचा घिमिरेले पहिलो सन्तान स्वरुप छोरालाई जन्म दिएकी छिन् । २०६६ साल मंसिर २७ गते निर्देशक शंकर घिमिरेसंग विवाह बन्धनमा बाँधिएकी ऋचाले आईतबार चाबहिल स्थित ओम नर्सिङ अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

 

पहिलो सन्तान स्वरुप छोरो जन्म दिएकोमा उनका पति शंकरले बिबाह पश्चातको सवैभन्दा ठूलो खुशी महसुस गरेको भनी फेसबुकमा स्टाटस लेखेका छन् । शंकरले पत्नी ऋचालाई छोरो पाएकोमा मायालु भाषामा धन्यवाद समेत दिएका छन् । डक्टरले दिएको डेलिभरी डेट असार २४ थियो तर शनिबार साँझ ब्लडप्रेसर हाई भएपछी ऋचालाई अस्पताल भर्ना गरिएको थियो । उनको डेलिभरी आईतबार बिहान साढे ११ बजे भए पनि राति अबेर मात्र मिडियालाई यो खबर दिईएको हो ।

 

शल्यक्रिया मार्फत ३ किलो ७ सय ग्रामको छोरो जन्माएकी ऋचा र बच्चाको अवस्था नर्मल रहेको निर्देशक घिमिरेले जानकारी गराए । यध्यपी शल्यक्रिया मार्फत बच्चा जन्माएकाले आमा  र बच्चालाई अलग राखिएको छ । शंकरले आफूहरु कालो बर्णको रहे पनि बच्चा गोरो रहेको बताए । ऋचालाई फ्यामेली डक्टर ममता बरालको टिमले हेरेको थियो । शंकरको अनुसार बुधबार सम्म ऋचालाई अस्पतालमा राखिने छ ।


पहिलो सन्तानको रुपमा छोरा पाएका घिमिरे दम्पतीलाई बधाई !