फष्ट लुक पोष्टरमा हिरोईन सुष्मा कार्कीलाई भद्दा गरी प्रस्तुत गरिएको कारण विवादमा फसेको फिल्म विन्दासको टिजर सार्वजनिक गरिएको छ । भदौ ८ को रिलिज डेट तय उक्त फिल्मको सार्वजनिक टिजरमा सुष्मालाई विन्दास भएर पानीमा रुझेको देख्न सकिन्छ ।
विवादित विषयले किनारा नपाएको अवस्था भए पनि पानीमा भिजेकी सुष्मालाई निकै आकर्षक शैलीले प्रस्तुत गरिएको छ । मधुकुमार श्रेष्ठ तथा राजु केसीको लगानीमा राजु गिरीले निर्देशन गरेको यो फिल्मको चर्चा निर्माण समय देखिनै हुदै आएको थियो । जसकारण सार्वजनिक टिजरबाट नै आफूले अपेक्षा गरिएको भन्दा ज्यादा चर्चा पाउने निर्माण पक्षको भनाई छ ।
निर्माण पक्षले अपेक्षा गरेको तर्कमाथि तपाईको बिचार मिल्छ कि मिल्दैन टिजर हेर्नुस् अनि प्रतिक्रिया जनाउनुस् ।

