मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यूजिक खबर अवार्डमा फिल्मबाट चार विद्या सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/06/24

गीत संगीतलाई सरलिकृत गर्दै श्रोताको पहुच सम्म पुर्याउने उद्देश्यका साथ घोषणा गरिएको म्यूजिक खबर २०१२ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । संगीत विद्यासंग सम्बन्धीत रहेको वेवसाईट म्यूजिक खबर डटकमको आयोजनामा हुन लागेको सो अवार्डमा २२ मध्ये ४ विद्या फिल्मसंग सम्बन्धीत छ ।

 

फिल्म अर्न्तगत उत्कृष्ट गायक, गायिका, संगीतकार र गितरचना रहेको छ । सर्वोत्कृष्ट पाँच विद्याको मनोनयन सूचि सार्वजनिक गरिए पनि ती गीत संगीतलाई कसले छनौट गरियो त्यो खुलाईएको छैन । आयोजक संस्थाका प्रमुख सुमन बैरागीका अनुसार छनौट प्रक्रिया निस्पक्ष पार्ने योजनाका साथ जुरी तत्कालका लागि सार्वजनिक नगरिएको हो । जुरी अवार्ड हुने दिन खुलाईने छ  । अवार्ड कार्यक्रम श्रावण ७ गते  राष्ट्रिय नाचघरमा भब्य तरिकाले सम्पन्न गर्ने बताईएको छ । 

 

फिल्मसंग सम्बन्धीत चार विद्याको उत्कृष्ट पाँच मनोनयन एसएमएस भोट कोड सहित निम्नानुसार छ -

 

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..) राजेश पायल राई MKA 041
ख) किन लाग्छ माया (किन लाग्छ माया…) प्रमोद खरेल MKA 042
ग) भनिदेऊ न माया गर्छु म (माया मेरो फूल) स्वरुपराज आचार्य MKA 043
घ) ब्याच नं १६ (संगी… ) शिव परियार MKA 044
ङ) अन्दाज (सिम्पल सिम्पल..) दिपक लिम्बु MKA 045

. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका

क) हाम्रो माया जुनी जुनीलाई (माया माया भन्छन्..) प्रविशा अधिकारी MKA 046
ख) म तिम्रो भइसकेँ (म तिम्रो भइसकेँ ) रजिना रिमाल MKA 047
ग) तिमी जहाँ भए पनि (झरनाको पानी) माण्डवी त्रिपाठी MKA 048
घ) श्रीमान (केही नबोली) अन्जु पन्त MKA 049
ङ) अन्दाज (सिम्पल सिम्पल..) माण्डवी त्रिपाठी MKA 050

. सर्वोत्कृष्ट चलचित्र गीत रचना

क) किन लाग्छ माया (किन लाग्छ माया) प्रमोद ढुंगाना MKA 051
ख) मुटु निचोरी (स्वर ) भूपेन्द्र खड्का MKA 052
ग) नयाँ जस्तो हुन्न रैछ (श्रीमान) सञ्जिीवनी बिनु MKA 053
घ) माया मेरो फूल (भनिदेऊ न माया गर्छु म) शान्तिप्रिय MKA 054
ङ) को भुल्न सक्छ यो देशको (फर्की आऊ) बाबुराम दाहाल MKA 055

. सर्वोत्कृष्ट चलचित्र संगीत

क) किन लाग्छ माया लक्ष्मण शेष MKA 056
ख) दुलही अष्ट लामा MKA 057
ग) भनिदेऊन माया गर्छु म अर्जुन पोखरेल MKA 058
घ) श्रीमान महेश खड्का MKA 059
ङ) अन्दाज वसन्त सापकोटा MKA 060