मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इशाराको शिर्ष गीत र प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/06/24

क्यू सिस्टमबाट भाद्र महिनाको पहिलो साता तिर प्रदर्शन हुने बताईएको फिल्म 'इशारा' को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । सञ्चारमाध्यममा केहि दिन अगाडी सार्वजनिक गरिएको उक्त गीत र प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक सबिर श्रेष्ठले बताए ।

 

अनुशी फिल्म्सको व्यानरमा उमा बेबीले निर्माण गरेको फिल्म इशारामा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको अभिनय रहेको छ । फ्रेण्डसिप, लभ र रेस्पेक्टको डेफिनेशन दिने हरेक वर्गका दर्शक लक्षित फिल्म इशारालाई शिबम अधिकारीले लेखेका हुन् भने शिब ढकालको छायाँकन, महेश खड्काको संगीत, किरण खरेलको गीत र कमल राईको नृत्य रहेको छ ।

 

यहि फिल्मबाट उत्तम र भुपेन लामो समयपछि ठूलो पर्दामा देखिन लागेका हुन् । यि दुबै कलाकारले यो फिल्मबाट आफ्नो कमव्याक हुने प्रतिक्रिया समेत दिएका छन् । निर्माता बेबीका अनुसार फिल्म हरेक पक्षबाट राम्रो बनाईएको छ । फिल्मको अधिकांश भागको छायाँकन सिक्किममा गरिएको हो ।