मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

गीत : दिस इज बद्रि भाई...

फिल्मीखबर, काठमाण्डौ, 2012/06/24

बिशेष रूपमा कमेडी कलाकारले परिचित नायक जयकिशन बस्नेतले निर्माण गरेको कमेडी फिल्म 'तँ त सार्‍है सप्रिस नि बद्रि' को शिर्ष गीत अहिले सञ्चारमाध्यममा निकै बज्न थालेको छ । कमेडी शैलीको उक्त गीतलाई दर्शकले रूचाएको नायक तथा निर्माता जयकिशनले बताए ।

 

मनोज राजभण्डारीको संगीत तथा जयकिशनको शब्द रहेको प्रस्तुत गीतमा राम श्रेष्ठ र कोमल राजभण्डारीको स्वर रहेको छ भने शिब विकको करियोग्राफी रहेको छ । जोमसोममा सुटिङ गरिएको सो गीतका क्यामेरा म्यान कृष्ण श्रेष्ठ हुन् । फिल्ममा जयकिशनको साथमा रेजिना उप्रेती, शोभित बस्नेत,शुसिल क्षेत्री, दिनेश शर्मा, सम्राट सापकोटा, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

 

शोभित बस्नेतले निर्देशन गरेको सो फिल्म अहिले सेन्सरको लफडामा परेको छ । असार २९ गते रिलिज गर्ने तयारीमा रहेका जयकिशन फिल्मको सेन्सर नहुँदा तनावमा रहेको बताए । उनका अनुसार सेन्सर बोर्डले कुनै पनि हालतमा सेन्सर पास नगर्ने मूडमा छ । यता जय भने कसरी हुन्छ सेन्सर पास गराउने दौडधुपमा छन् । फिल्ममा उठाईएको जातिय द्धन्दको बिषयलाई सेन्सरले काट्न आग्रह गरेको छ तर जय नकाटी फिल्म चलाउने तम्सिएका छन् ।