मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

धरानमा हाइवे टोली

गोपाल कामत, धरान, 2012/06/23

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरुमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म हाइवे साउन ६ गतेबाट पुर्वी नेपालका फिल्म हलमा लाग्दैछ । धरानमा शनिबार एक पत्रकार सम्मेलन गरी फिल्मका निर्देशक दिपक रौनियारले जानकारी दिए ।

 

'फिल्म भनेको समाजको ऐना हो । फिल्मले समाजमा घटेका घटनालाई नजिकबाट बुझाउने काम गर्छ । अझ भनौं हामीले भोगेको तर महसुस नगरेको घटनालाई पनि फिल्मले देखाउन सक्छ', निर्देशक रौनियारले बताए । सञ्चारकर्मी तथा दर्शकसँग साक्षात्कार गर्न फिल्मको निर्माण टोलीको साथ धरान आएका निर्देशक रौनियारले पूर्वी नेपालको इलाम, दमक, धरान लगायतका रमाईला ठाउँहरुमा कैद गरिएको हाइवेका दृश्यहरुले पूर्वका दर्शक माझ अझ उत्साह थप्ने दावी गरे ।

 

सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, विनय श्रेष्ठ, निर्मला राई, आशा मगराती, अम्बिका बस्नेत, रविन्द्र मिश्र र बाल कलाकार संस्कृती रिमालको समेत अभिनय रहेको १ घण्टा ३० मिनेट लामो फिल्म हाइवे राजधानीमा भने श्रावण ५ गते लाग्नेछ । जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको उक्त फिल्मलाई अहिले धेरैले आश लाग्दो फिल्मको रूपमा हेरेका छन् । 

 

टोलीलाई धराने दर्शकले हाइवेको पप्लु गीतमा डान्स गरेर देखाएका थिए । धरानको बुद्ध चोक र भानु चोकमा स्थानिय कलाकारले पप्लु गीतमा डान्स गर्दा युनिट दंग परेको थियो । यस्तै कार्यक्रममा हाइवेका धराने कलाकारहरूको परिचय पनि गराईएको थियो ।