मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिक संघको कार्यसमिति भङ्ग/ अध्यक्ष माथिको अविश्वासको प्रस्ताव खारेज

फिल्मीखबर, काठमाडौँ, 2012/06/23

निर्वाचन भएको ८ महिना पश्चात चलचित्र प्राविधिक संघको केन्द्रिय कार्यसमिति भङ्ग गरिएको छ । शनिबार भएको संघको बिशेष साधारण सभामा १९ केन्द्रिय सदस्यले सामुहिक राजिनामा दिएपछी बर्तमान कार्यसमिति भङ्ग गरिएको हो । महासचिव अनन्त तिमिल्सिनाले अध्यक्ष तामाङले विभिन्न आर्थिक हिनामिना गरेको प्रश्न गरेपछि संघ भित्र आगो लागेको थियो ।

 
चार सय सदस्य रहेको संघको बिशेष साधारण सभामा ९५ जना सदस्य मात्र उपस्थित थिए तसर्थ कोरम नपुगेको हुनाले अध्यक्ष माथि परेको अविस्वासको प्रस्ताव स्वत खारेज भएको छ । आफूलाई लागेको आरोप स्वत खारेज भएपछी अध्यक्ष सन्तु तामाङले हर्षित हुदै घुमाउरो पारामा आफ्नो जित भएको बताए । उता अध्यक्षलाई अविस्वासको प्रस्तावबाट हटाउने बिषयमा फेल खाएपछि महासचिव तिमिल्सिनाले गम्भीर भएर सम्भवत प्राविधिक संघको आगामी कार्यकालमा केन्द्रिय स्तरको सदस्य पद नखाने पनि बताए । 
 
 
 
भंग गरिएको संघ संचालनको अधिकार सल्लाहकार समितिलाई दिईएको छ । जावेद शाह, मोहन निरौला, डिक खड्का तथा रामकाजी घिमिरेको चार सदस्य सल्लाहकार समितिले नयाँ निर्वाचन नहुन्जेल सम्म संघ संचालन गर्ने छन्  । सल्लाहकार समितिले आजको साधारण सभामा सामुहिक राजिनामा दिने, मिलेर जाने वा पुनः साधारण सभा बोलाउने बिषयमा छलफल गरी निर्णय दिन केन्द्रिय कार्यसमितिलाई छाडिदिएको थियो जुन बिषयमा केही बेर चर्को बहस भएपछी उपस्थित पदाधिकारीले राजिनामा दिदै संघको कार्यसमिति भङ्ग गरिएको हो ।
 
१९ मध्ये चार केन्द्रिय सदस्य अनुपस्थित थिए । यसैगरी सल्लाहकार समितिले संघको अस्पष्ट विधान संशोधन गरी नयाँ चुनाव घोषणा गर्ने छ । जसका लागि भोली आईतबार दिउँसो २ बजेका लागि सल्लाहकार समिति सहित निर्बतमान कार्यसमितिका केही सदस्य सहित बैठक बस्ने बताईएको छ । आजको सभामा साधारण सदस्य उत्तम केसी र शंकर पाण्डेले नौ महिना हुन नपाई यो नेतृत्व असफल भएको भन्दै यो कार्यसमितिबाट अर्को चुनावमा उठ्ने कुनै पनि सदस्यलाई भोट नदिने बताए । उनीहरुले आफ्ना सहकर्मीहरुलाई पनि सार्वजनिक रुपमै नयाँ निर्वाचनमा वर्तमान कार्यसमितिबाट कोही आए सहयोग नगर्न पनि आग्रह गरे ।  
 
कार्यसमिति भङ्ग गरिएको निर्णय भिडियोमा  हेर्नुस !
 
 

Most Visited News (monthly)