मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

एटिएमका कलाकारले दुर्व्यवहार खेपे

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/23

सार्वजनिक गरिएको प्रमोमा देखाईएका दृश्य र सम्बादको कारण चौतर्फी आलोचना खेपेका एटिएम फिल्मका दुई कलाकार जिया केसी र सोनिया शर्माले सार्वजनिक स्थानमा पनि दुर्व्यवहार खेपेका छन् ।

हिरोको रुपमा उदाउदै गरेका दुई कलाकार हसन खान र निर्मल सेन्चुरीको साथ बिहिबार राति कमलादी स्थित होटल राज घरानामा पुग्दा होटलमा आएका एक परिवारको टोलीसंग उनीहरुको ठूलो लफडा भएको हो । पौने दश बजेको समयमा सो गजल घरमा पुगेका उनीहरु सुरुमा टेवल नम्बर २९ मा बसेका थिए जसको सामुन्ने निर्माता छवि ओझा र निर्देशक उज्जवल घिमिरे सहितको एक टिम पनि बसेको थियो जुन टिमलाई देख्दा एटिएम हिरोईनले अप्ठायारो मानेपछी टेवल चेन्ज गर्ने क्रममा २० जनाको ग्रुपमा आएको परिवारसंग उनीहरुको हात हालाहाल भएको हो । हात हालाहाल हुँदा टेवलमा रहेको ग्लास र प्लेट पनि फालाफाल भएको थियो ।

 

'म त सर्भिसमा थिएँ एक्कासी हात हालाहाल भएपछी मात्र ध्यान तेत तर्फ गयो', सो गजलका क्याप्टेन दीलिप मगरले भने । उनले नियमित रुपमा आईरहने सो परिवारसंग कुनै डिसकस भएपछी हात हालाहालको स्थिति आएको बताए । उनका अनुसार सार्वजनिक गरिएको फिल्मको प्रोमोको चर्चा त्यहा पनि चलेको थियो जसकारण सोही प्रोमोको आलोचना त्यहाँ भएछी उनीहरु माथि हात हालाहाल भएको हुन सक्ने उनले अनुमान लगाए । यस्तै उनले आफ्नो टेवल छाडी सो परिवार बसेको टेवलमा उनीहरु सर्दा त्यस्तो अवस्था आएको बताए ।

 

यस्तै यहि बिषयमा सो घटनासंग सम्बन्धीत रहेका हिरो हसन खानसंग फिल्मीखबरले कुरा गर्दा उनले छवि ओझाको टिमसंग आमुन्ने सामुन्ने भएपछी आफूहरुले टेवल चेन्ज गरेको तर दुर्व्यवहार उनीहरुबाट भएको बताए । हसनले भने, 'हामीले टेवल चेन्ज गर्दा उहाँहरुको फ्यामेलीको आधा भन्दा धेरै मान्छे गईसकेकाले छ/सात जना मात्र हुनुहुन्थ्यो । त्यसैले टेवल खाली भएर नै सरेका थियौ तर उहाँहरुको टिम म्यूजिक बढेपछि हामी बसेको टेवल अगाडी आएर हिरोईनहरुको हात समातेर नाच्न थाल्यो । जिया र सोनियाले आपत्ती जनाएपछी हामीले त्यसो नगर्न उहाँहरुलाई आग्रह गर्दा लफडा भएको हो ।'

'संगै रहेको साथीको जर्वजस्ती हात समाउदै नाच्न खोज्दा जो कोही पनि फायर हुन्छ', मोबाईलमा १० बजेर दुई मिनेटको समयमा डायल भएको कल रेर्कड देखाउदै हसनले भने, 'गल्ती हाम्रो तर्फबाट थिएन र मैले १०० मा फोन गर्दै पुलिस पनि बोलाए ।' घटना स्थलमा प्रहरी आएपछी विवाद साम्य भएको थियो । १५ मेनेट सम्म हात हालाहाल भएपछी प्रहरी आउनासाथ विवाद साम्य भएको बार व्याय कुमार लामाले बताए । हात हालाहालमा दुवै तर्फले कुटाई खाएका थिए ।

 

 

क्याप्टेन दीलिपले विगत तिन बर्षदेखि जागिर खादा पहिलो पटक यति ठूलो झगडा भएको बताए । सो गजल विगत एक दशक देखि सञ्चालनमा छ जहाँको वातावरण शान्त छ । त्यसैले अधिकांश परिवार रमाईलो गर्न त्यहाँ पुग्ने गर्छ ।

तस्विर : काठमाण्डू क्रेज डटकम