Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`छविराज प्रोडक्सनको फिल्ममा म छैन` : रेखा थापा

कृष्ण न्यौपाने, दमौली, 2012/06/23

नायिका रेखा थापाले आफ्ना पति एवं निर्माता छविराज ओझाले पछिल्लो पटक निर्माण गर्न लागेको फिल्ममा आफू अभिनय नगर्ने बताएकी छिन् । सोभित बस्नेतको फिल्म 'जाउँ हिड पोखरा' को छायाङ्कनको क्रममा दमौली आएकी नायिका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, 'म केही दिनमा कार्यक्रमको शिलशिलामा युरोप जाँदैछु त्यसैले पनि छविको फिल्ममा म हुन्न ।'

 

श्रीमती रेखा सँग पछिल्लो समय भएको मनमुटाव पछि निर्माता ओझाले रेखाको नाममा रहेको रेखा फिल्मसबाट फिल्म निर्माण नगर्ने भन्दै आफ्नै नाममा छविराज प्रोडक्सन दर्ता गरेका थिए । नयाँ प्रोडक्सन दर्ता गरेर त्यसैको व्यानरबाट फिल्म बनाउने ओझाले घोषणा गरेदेखि नै फिल्ममा रेखा अटाउँछिन वा अटाउँदिनन भन्ने व्यापक चासो थियो । अहिले आएर रेखाले नै फिल्म खेल्दिन भन्ने भनाईलाई अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ । तर यता छबि प्रोडक्सनले रेखालाई लिने सम्भावना पहिल्लै कम भएको बताउँदै नयाँ हिरोईनको अझै पनि खोजी भईरहेको बताएको छ ।

 

आफ्नो लक्ष्य फिल्म निर्देशन गर्ने भएको भन्दै रेखाले तर जबसम्म नेपाली फिल्ममा पछिल्लो समयमा भित्रिएको अश्लिल र छाडापनको अन्त्य हुँदैन तबसम्म भने फिल्म निर्देशन नगर्ने बताइन् । 'म सामाजिक नारी हो त्यसैकारण अश्लिल फिल्म निर्माण गर्ने क्रम नरोकिएसम्म फिल्म निर्देशन गर्दिन ।' यस अघि निकै सफल भएको चपली हाइट अश्लिल फिल्म भए पनि त्यसको नायिका बिनिता बरालको अभिनय भने साह्रै उत्कृष्ट भएको रेखाको भनाई थियो । 'तर म त्यस्तो भूमिका गर्न सक्दिन', उनले भनिन्, 'किन भने म सामाजिक नारी हुँ र मैले समाजले पचाउने काम मात्र गर्छु ।'