मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक से एकको `सल सल पानी...` सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/06/23

पछिल्लो समय नेपाली फिल्ममा आईटम डान्सले स्थान निकै ओगटेको छ । आईटम गीत अलि उत्तेजक हुने, दर्शकको ध्यान छिटो तान्ने र फिल्मको राम्रो पब्लिसिटी हुने भन्दै आईटम डान्स राख्ने गरेको फिल्ममेकर बताउँछन् । 

 

लूटको उध्रेको चोली देखि त झन् फिल्म मेकरहरू आईटम डान्समा बढि नै उत्तेजक सिन र शब्द पनि प्रयोग गर्न थालेका छन् । लकको देखाई दिन्छु सबैकुरा पैसा तिरे पछि, भैहाल्छ नि मेरो चोली छोटो, मायाज बारको माया यो माया, कवचको सल्केको छ मायाको आगो, हाईवेको पप्लु अहिलेका चर्चित आईटम गीत हुन् । यि मध्ये केहि शिल छन् त केहि अश्लिल तर चर्चामा सबै छन् । 

 

यहि भिडमा फिल्म 'एक से एक' को सल सल पानी... बोलको आईटम गीत सार्वजनिक गरिएको छ । रिलिजको तयारीमा रहेको रमेश पोखरेल निर्देशित सो गीतमा महिमा सिलवालको आईटम डान्स हेर्न सकिनेछ । अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलले स्वर दिएको सो गीतको करियोग्राफी शिब विकको रहेको छ । धिरेन्द्र राज थापा, सिम्रन पोखरेल, दिबेस भण्डारी, रचित अधिकारी, रमेश थापा, बिराज बस्नेतको मुख्य भुमिका रहेको सस्पेन्स थ्रील फिल्मलाई यशराज थापा र यम ओलीले निर्माण गरेका हुन् ।