मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको डेरामा आगलागी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/22

करिब तिन महिना अघि लाजिम्पाटको डेराबाट  महाराजगंज सरेका अभिनेता आर्यन सिग्देलको कोठामा आगलागी भएको छ ।

मध्यान्न १२ बजे किचनको ग्यास लिक भएपछी आगलागी भएको उनका साथी अमरदीप सापकोटाले जानकारी गराए । अमरदीप प्रोडक्सन  कन्ट्रोलर गणेश सापकोटाका जेठा छोरा हुन् ।  आगलागी हुदा आर्यन च्याट गरेर लिविंग रुममा बसिरहेका थिए भने अमरदीप खाना बनाईरहेका थिए । खाना बनाउने क्रममा ग्यास सकिएपछी नयाँ ग्यास फेर्ने क्रममा आगलागी भएको हो । यस्तै आर्यनले ठूलो दुर्घटनाबाट आफू जोगिएको बताए । तर किचनमा रहेका अमरदीपको दाहिने हात आगोले जलेको छ ।

आगलागीबाट किचनको केही सामान जले पनि ठूलो जनधनको क्षति नभएको आर्यनले बताए ।