मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिकास बोर्डमा रोज राणालाई पठाईने !

फिल्मीखबर, काठमाण्डौ, 2012/06/22

घुष काण्डमा मुछिएपछी निलहरी काफ्लेलाई चलचित्र बिकास बोर्डबाट फिर्ता बोलाएको निर्माता संघले सो पदमा आफ्ना अर्का सदस्य रोज राणालाई पठाउने अन्तिम तयारी गरेको छ ।


कार्यसमितिको बैठकले बोर्डमा को पठाउने भन्ने बिषयको अधिकार अध्यक्षलाई दिएकाले अध्यक्ष राजकुमार राईले रोजको नाम सिफारिस गर्ने तयारी गरेका हुन् । सम्भवत: आज बेलुकी सम्म बन्द खाम भित्र रहेको रोजको नाम सञ्चारमन्त्रीको टेबलमा पुग्ने बुझिएको छ । यस्तै यहि बिषयमा कुरा गर्दा अध्यक्ष राईले पनि रोजको सम्भावनालाई स्वीकारे । तर निर्णय भने केहि समयमा थाह हुने राईको भनाई छ ।

उपसचिव स्तरको बोर्ड सदस्य पदले रोजको राजनीतिक बृत्तमा पनि छवि सुधार हुने हुदा उनले बोर्ड सदस्य पदमा जान ईच्छा देखाएको बुझिएको छ । तर यो बिषयमा रोजलाई फिल्मीखबरले प्रश्न गर्दा उनले अनभिज्ञता प्रकट गरे । उनले भने, 'मलाई संघले बोर्ड सदस्य हुन योग्य ठानेको भए म समग्र निर्माताको हक हित सहित सम्पूर्ण फिल्मकर्मीको पक्षमा काम गर्नेछु ।' यस्तै रोजले बोर्ड सदस्य भएको खण्डमा उद्योगमा सकारात्मक तरंग ल्याउने बताए ।


काँग्रेस निकट रोजलाई काँग्रेस बाहुल्यता रहेको निर्माता संघका सल्लाहकार रमेशजंग रायमाझीको सिफारिसमा बोर्ड पठाईन लागिएको हो । अध्यक्ष राई र राणाको विभिन्न बिषयमा टकराव परिरहे पनि एटिएम फिल्मका निर्मातालाई कारबाही गर्ने प्रकि्रयामा रोजको सुझाव पास भएपछि उनीहरुको सम्बन्ध सुधार भएको थियो जसकारण  अध्यक्ष राईले रोजलाई  स्वयम पठाउन ईच्छा देखाएका हुन् ।