मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भिसा गर्लको अडियो र पोस्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/06/22

असोज १२ गते रिलिज मिती तय गरेको फिल्म 'भिसा गर्ल' ले पब्लिसिटीको शुरूवात स्वरूप आफ्नो फिल्मको अडियो र पोस्टर सार्वजनिक गर्‍यो । बिहिबार ललितपुरको झम्सिखेल स्थित मोक्षमा युनिटले आफ्नो फिल्मको अफिसियल वेभसाईट डब्लुडब्लुडब्लु डट फिल्मभिसागर्ल डटकम पनि लञ्च गर्‍यो ।

 

सार्वजनिक गीतमा कालिप्रसाद बाँस्कोटा र कल्याण सिंहले संगीत दिएका छन् । श्रेया सोताङ, सनुप पौडेल, श्रुती सिंह, सन्तोष लामा लगायतको स्वर रहेको सो फिल्ममा चार गीत समावेश गरिएको छ । यस्तै सार्वजनिक गरिएको पोस्टरलाई स्वप्निल आचार्यले डिजाइन गरेका हुन् ।



सिजी इन्टरटेन्मेण्टको व्यानरमा युवानिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको सो फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्म, रेमनदास श्रेष्ठ, रीमा बिश्वकर्मा, सलोनीराज भण्डारी र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । युवाहरूको मनोविज्ञानलाई मुख्य विषय बनाइएको सोसल कमेडी फिल्मलाई सिजी इन्टरटेन्मेण्टसँग मिलेर नायिका ऋचा र नायक बिनयले निर्माण गरेका हुन् ।

 

फिल्ममा रेनशा राईको करियोग्राफी, शिबराम श्रेष्ठ र संजय लामाको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन तथा लेखन निर्देशक श्रेष्ठ स्वयंको रहेको छ ।