
आज शुक्रबार फ्रेस फिल्मको रुपमा 'किन लाग्छ माया' रिलिज भएको छ । राजधानीका १४ पर्दामा मात्र रिलिज भएको सो फिल्मको संगीत पक्षले धेरैको मन तानेको छ । जसकारण फिल्म हेर्न दर्शक हल सम्म राम्रै गरि तानिन्छन् भन्ने अनुमान पनि लगाईएको छ । यध्यपी साँझ सम्मको रिपोर्टले बताउने छ ईनिसियल बिजनेसमा किन लाग्छ माया कतिको अब्बल छ भनेर ।
यस अघि सो फिल्म मोफसलमा पनि आजकै मितिमा रिलिज हुने कुरा थियो तर प्रोड्यूसर शक्तिबल्लव घोरासैनीले आउदो साता देखि मात्र मोफसल रिलिज गर्ने बताए । उनका अनुसार मोफसल रिलिजमा किन लाग्छ मायाको हल संख्या थपिने छ । फिल्मको समग्र यूनिट पनि सफल बिजनेस हुने कुरामा ढुक्क छ । सिआरविटी र पिआरविटीमा पनि शिर्ष गित किन लाग्छ मायाको डाउनलोड गर्ने संख्या हजारौ पुगिसकेकाले निर्माण पक्ष गितकै कारण फिल्म हेर्न दर्शक हल पुग्ने विश्वासमा छ ।
गोपाल चन्द्र लामिछाने निर्देशित सो फिल्ममा राजबल्लभ कोईराला, गरिमा पन्त, निखिल उप्रेती, झरना थापा र नयाँ अनुहारमा शंकर लामिछानेलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ । फिल्मको शिर्ष गित प्रमोद खरेलले गाएका हुन् भने संगीत लक्ष्मण शेषको हो । संगीतकार शेषले यो फिल्मको गितबाट आफ्नो पुनरागमन भएको बताएका छन् ।