मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक हप्ता पछी स्क्रिप्ट अध्ययन समिति स्वत: खारेज हुने

फिल्मीखबर, काठमाण्डौ, 2012/06/22

दश दिन अघि अघि गठन गरिएको स्क्रिप्ट अध्ययन समितिको बिषयमा चौतर्फी आलोचना खेपेको चलचित्र बिकास बोर्डले सो समिति आउदो साता भित्र  स्वतः खारेज हुने जनाएको छ ।

 
बिहिबार सो समतिको काम कारबाही र चलिरहेको विवादको विषयमा स्पस्ट पार्न बोर्डले साक्षात्कार कार्यक्रम राखेको थियो जहाँ बोर्डले अध्ययन समितिलाई सेन्सरको रुपमा हेर्न नहुने तर्क गरेको छ । यस्तै मिडियाकर्मीबाट भने प्रक्रिया जायज नभएको भन्दै त्यो अधिकार बोर्डमा नरहेको तर्क बाहिरिएपछी केही बेर तिब्र बाद विवाद पनि भएको थियो ।
 
सेन्सर बोर्ड जस्तो छुट्टै निकाय भएको अवस्थामा कानुनत स्क्रिप्ट अध्ययन समिति गठन गर्ने अधिकार बोर्डलाई छैन् तर समाजको मूल्य र मान्यतालाई ख्याल गर्दै उसले अश्लिल जन्य फिल्म निर्माण संख्या बढेपछी सो समिति केही समयका लागि भन्दै गठन गरेको बोर्डले जनाएको छ । स्क्रिप्ट अध्ययन समिति बोर्ड पूर्व अध्यक्ष शैलेश आचार्यको संयोजकत्वमा गठन गरिएको हो जहाँ निर्मातासंघबाट  सुरेश दर्पण पोखरेल निर्देशक समाजबाट सुभाष गजुरेल त्यसैगरी स्क्रिप्ट राईटर राजेश गंगजु र निर्देशक लक्ष्मी नाथ शर्मा छन् । समितिले कुनै पनि फिल्म बनाउदा त्यसमा प्रयोग हुने यौनजन्य विषय बस्तुलाई अध्ययन गरी आवश्यक सुझाव सम्बन्धीत फिल्म निर्माण कम्पनीलाई दिने दिने कार्य  गर्छ ।
 
 

साक्षात्कार कार्यक्रम विशेष त भनाभन कार्यक्रम जस्तै अघि बढेको थियो तर फिल्मीखबरसंग छुट्टै कुराकानी गर्दै बोर्ड अध्यक्ष भण्डारीले यो विवाद अब एक हप्ता भन्दा बढी नलम्बिने बताएका छन् । किन कि संचार मन्त्रालय मातहतको सेन्सर बोर्डका पदाधिकारीसंग सेन्सर आचारसहिता निर्माणको बिषयमा केही दिन यता वर्कआउट भईरहेको छ । जसमा निर्मातासंघबाट सुरेश दर्पण निर्देशक समाजबाट राजेन्द्र उप्रेती, चलचित्र संघबाट प्रदीप उदय रनकिम उद्दिन यसैगरि बिकास बोर्डबाट सदस्य सचिव गणेश ज्ञावाली र एक सदश्य तथा  सेन्सर बोर्डबाट चेयरम्यान सुशिल ओझा र शाखा अधिकृत गोकुल खड्का रहेका छन् ।  

सो टोलीले आचारसहिता जुन दिन निर्माण गरेर घोषणा गर्छ सोही दिन देखि स्क्रिप्ट अध्ययन समिति खारेज हुने भण्डारीले फिल्मीखबरसमक्ष रहस्य खोलेका हुन  । यो बिषयमा केन्द्रित रहेर भण्डारीले भने 'यो विवाद अब आफै सेलाउछ किन कि कोड अफ कन्डट करिव पूरा हुने अवस्थामा छ तसर्थ सो कन्डक्ट लागु हुने वित्तिकै अध्ययन समितिको औचित्य स्वत : सकिन्छ ।'  फिल्म निर्माण पूर्व स्क्रिप्ट बुझाउने नयाँ नियमले अधिकाश फिल्मकर्मी असन्तुष्ट थिए ।