मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

Breaking : हरिवंशले दोस्रो बिहे गरे

अनुप भट्टराई, काठमाण्डौ, 2012/06/21

डेढ बर्षअघि पत्नी वियोगमा परेका बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यले दोस्रो बिहे गरेका छन् । उनको बिवाह सम्बन्धमा बिहिबार दिन भर नेपाली मिडिया अनभिज्ञ रहेको थियो तर साहित्यकार रबिन्द्र समिर जो हरिवंश निकट छन् उनले बिहिबार राति साढे दश बजे आफ्नो फेसबुक वालमा नयाँ पत्नीका साथ हरिवंशको बैबाहिक मुडको तस्बिर सार्वजनिक गरेका छन् ।

 
साहित्यकार समिरले फेसबुकमा लेखे अनुसार हरिबंशले बुटवलकी रमिला पाठकसंग लगनगाँठो कसेका हुन । रमिला पनि विगत दश बर्षदेखि एकल महिलाको जिवन विताईरहेकी थिईन् । जसको एक छोरा पनि रहेको बताईएको छ । निकै नजिकका साथी मदनकृष्ण श्रेष्ठ श्रीमतीको उपचारार्थ बैङकक गएकाले उनी बैबाहिक कार्यक्रममा उपस्थित नभएको सहित्यकार समिरको स्टाटसले जनाएको छ । हरिबंशलाई मदन कृष्ण सहित उनका दुई छोरा मोहित र त्रिलोक तथा परिवारबाट दोस्रो विहे गर्न तिब्र अनुरोध आएको थियो । जस अनुरुप उनले नयाँ बैबाहिक सम्बन्ध सुरु गरेका हुन ।
 
 
यस्तै साहित्यकार समिरले फिल्मीखबरसंग कुरा गर्दै सानो जमघटका बिच विवाह कार्यक्रम भएको बताएका छन् । उनले भने 'बेलुकी सात बजे रमिला जिको निवास सामाखुशी गएका थियौ एक घण्टामा सवै काम सकेर फिर्ता भयौ । ' जन्ती टोलीमा कलाकार किरण केसी, राजाराम पौडेल, नरेन्द्र कंसाकार हरिवंशका निकटस्थ साथी मुकुन्द अधिकारी तथा भान्जा थिए । यस्तै बुवाको दोस्रो बिहेका लागि दिल खोलेर लागि परेका  मोहित भने घरमै नयाँ आमालाई स्वागत गर्न वसेका थिए ।  हरिवंशका जेठा छोरा अमेरिकामा छन् ।

तस्बिर : रबिन्द्र समिर