
गत हप्ता रिलिज भएका तीन फिल्मको ब्यापार सन्तोषजनक नरहेपछी ती फिल्मसंग सम्बन्धीत फिल्ममेकरले बिजनेस डाटा लुकाएका छन् ।
कोही सिजन नभएको समयमा फिल्म चलेन भन्न पछि परेका छैनन् त कोही पब्लिसिटि कम्प्रमाईजको नतिजा त हैन भन्दै कमजोर कलेक्सनमा चित्त बुझाउन बाध्य भएका छन् । राजधानी सहित मोफसलका केही सिमित हल गरी जम्मा २० पर्दामा रिलिज भएको अपवादका डिष्ट्रीब्यूटर सुनिल मानन्धरले मल्टीप्लेक्स बाहेक सिंगल स्क्रिनमा फिल्म फल्प भएको स्वीकारेका छन् । यध्यपी मल्टीप्लेक्समा अझै आश गर्ने ठाँउ रहेको उनको भनाइ छ । दोस्रो हप्तामा आइ पुग्दा राजधानी टेरिटोरीको बाराही र दुर्गाबाट अपवाद उत्रिएको छ । विशेषत यो फिल्म सुन्धारा सिभिलमलमा अलि बढी चलेको डिष्ट्रीब्यूटर बताउछन् । तर कलेक्सन रिपोर्ट के कति भयो मानन्धरले खुलाउन चाहेनन् । अनकनाउदै उनले कलेक्सनको रिपोर्ट लिईनसकेको बताए । तर यस अघि रिलिज भएकै दिन उनले फिल्मले के कति कलेक्सन गर्यो सजिलै भन्ने गर्थे ।
यस्तै सोभित बस्नेत निर्देशित सुत्र शैलीको फिल्म प्लानले राजधानीमा अपेक्षित पकड जमाउन सकेन । राजधानीका ९ वटा पर्दामा रिलिज भएको सो फिल्म दोस्रो हप्तामा चारवटा पर्दामा सिमित भएको छ । फिल्मले के कति कलेक्सन गर्यो सो फिल्मकी प्रोड्यूसर कविता श्रेष्ठले पनि खुलाउन चाहिनन् । 'अलि सोचे जस्तो ब्यापार भएन तर भोलीबाट बाहिर राम्रो चल्छ भन्ने आश छ ।' उनले भनिन् । प्लान राजधानीका चारवटा हल गुण, गोपी,अष्टनारायण र गंगामामा मात्र सिमित हुदै दोस्रो हप्तादेखि मोफसलमा रिलिज हुदैछ ।
मोफसलमा भोली शुक्रबार देखि जिन्दगानी दर्पण छाया र यस अघि रिलिज भएको सायदसंगै प्लानको भिडन्त हुने छ । फिल्म मोफसलका ३९ वटा पर्दामा रिलिज हुने छ । जसबाट आफूले केही राहत पाउने कविताको अठोट छ । यस्तै प्लानले अपेक्षित ब्यापार नगरेपछि कविताले आफ्नो अर्को फिल्मको रिलिज स्थगित गरेकी छिन् । उनले असार २९ गते देखि हिरोईन रेजिना उप्रेतीसंग मिलेर बनाएको फिल्म बरादान रिलिज गर्ने तयारी गरेकी थिईन् तर प्लानको निराशाजनक राजधानी ब्यापारले उनले तत्कालका लागि सो रिलिज स्थगित गरेको फिल्मीखबरलाई जानकारी गराईन ।
यसैगरी गत हप्ता रिलिज भएको निकै पुरानो फिल्म महानले १२ वटा हलबाट ७ लाख ग्रस मार्क गर्दै फल्म फिल्मको लिष्टमा दर्ता भएको छ । सो फिल्म गुण र गोपीबाहेक अन्य दश पर्दाबाट उत्रिएको छ ।