
कान्छा निर्देशकले निर्देशन गर्ने फिल्मको मुर्हत छ भन्ने निम्तो पाएपछी मंगलबार मिडियाको भिड पनि राम्रै देखियो नया बानेश्वर स्थित रोजमेरी क्याफेमा तर आफ्नो कच्चा काम देखेपछी मडियाको आलोचना ब्यापक खेपे ति निर्देशकले जसले भर्खरै मात्र १८ पार गरेका छन् ।
क्रियसनलाई उमेरले छेक्दैन् तर उमेरले छेक्दैन भन्दैमा केही कुराको अध्ययन नै नगरी फिल्म निर्देशन जस्तो बृहत विद्यामा हात हाल्नुलाई तपाई के भन्नु हुन्छ ? हुन त यो बिषयमा हेर्ने आधिकारिक संघसस्था धेरै छन् यहाँ तर उनीहरु यस्ता बिषयमा कानमा तेल हालेर सुते सरह छन् । कान्छा निर्देशक भन्दै आफूलाई परिचय गराउन नभुल्ने उनले गत बर्ष तिम्रो लागि भन्ने फिल्म निर्देशन गरेको बताउछन् जुन प्रदर्शनको क्रममा छ् । सो फिल्मको निर्देशन पनि फाईट मास्टर रोशन श्रेष्ठले गरिदिएको खबर छ । किन कि सो फिल्मको सम्पूर्ण काष्ट चयन पनि रोशनले नै गरिदिएका थिए । यस्तै फिल्मको प्रोष्टप्रोडक्सनमा पनि उनको सहभागीता नरहेको बुझिएको छ । तर फिल्ममा निर्देशकको नाम चाहि उनकै लेखिएको छ ।
रियल नाम नवराजलाई एनआर भनी लेख्ने उनले फिल्म सम्बन्धी कुनै पनि शिक्षा औपचारिक रुपमा लिएका छैनन् नत फिल्म निर्देशनका लागि साहायक निर्देशनको अनुभव छ उनीमा तर समग्र फिल्मकर्मीको भिडमा उनी कान्छा निर्देशकको ट्याग भिर्ने ध्याउन्नमा हात धोएर लागेको देख्दा फिल्मीखबर अचम्ममा छ । सानो उमेरकाले फिल्म निर्देशन गर्नु हुन्न भन्ने फिल्मीखबरको अविश्वास हैन् तर आफूलाई कान्छा भनेर परिचित गराउदै हिड्ने उनले फिल्म निर्देशन जस्तो कलालाई सस्तो बनाएको देख्दा फिल्मीखबर अचम्ममा परेको हो ।
फिल्मीखबर अचम्ममा किन परेको हो बिस्तृतमा !
नम्बर एक मंगलबार एनआर घिमिरेले आफ्नो दोस्रो निर्देशन रहने भन्दै 'गल्ली' टाईटलको फिल्म बनाउने भन्दै प्रेस मिट कार्यक्रम गरे जहाँ फिल्मको मुहुर्त पनि भयो । तर मुर्हूतका लागि तयार गरिएको विभिन्न पुजाका सामग्री ले पुजानै नगरी जव नरिवल फोडेर मुर्हत सर्ट कलाकारले दिए तव मात्र निर्देशकलाई याद आयो क्यामेरा अनि नरिवल पुजा गर्न बिर्सीएछ । जुन बिस्राई हासोको फोहोराको रुपमा गुन्जयमान भयो कार्यक्रममा ।
यस्तै नम्बर दुईमा कलाकारहरुले मुर्हुत सटमा पनि रिटेक गरेका थिए । मुर्हुतका लागि संचारकर्मी सन्दिप सापकोटाले नरिवल फोड्ने जिम्मा पाएका थिए भने निर्माता संघका अध्यक्षा राजकुमार राईले क्यामेरा स्वीच अन गर्ने र निर्देशक सुरेश दर्पण पोखरेलले मुर्हत सर्ट निर्देशनको जिम्मा पाएका थिए । तर जव सुरेशले जब एक्सन भने तव एक कालकार मुर्हत सटका लागि क्यामेरा तर्फ गए अनि भयान भन्दै रोकिए र पुनः मुर्हत सर्ट दोर्याउन बाध्य भए सुरेश । मुहुर्त पनि पनि रि-टेक नेपाली फिल्मी ईतिहासमा हाल सम्म नभएको दृश्य भनी कार्यक्रम हासोको अर्को माहोल बन्यो ।
यो चर्चा त केही हैन किन कि अब अर्को चर्चाले तपाई एन आर घिमिरेको बिषयमा आफै प्रश्न उठाउनु हुने छ । जव मुर्हत सर्टका लागि क्ल्याप ठोक्न्छि त्यस अघि सो क्ल्याममा केही बिषय लेख्ने गरिन्छ । फिल्म खिच्ने क्रममा सिन,सर्ट र टेक नम्बर लेख्ने क्ल्याममा मुर्हुर्त समारोमा भने शुभ साईत भनी लेख्ने गरिन्छ जुन कुरा नलेखिकन मुहुर्त सर्टमा निर्देशकले क्ल्याप तेसाईदिए र फिल्मको शुभ साईत गरे । कुरा यति मात्र हैन एनआरले तेर्साएको क्ल्यापमा अंग्रेजीमा Directore लेखिएको छ । जुन शब्दलाई गलत गरी लेखिएको छ । Director मात्र लेख्नु पर्नेमा e थपिदिएपछी एन आर प्रति फिल्मीखबरले प्रश्न उठाएको हो । हुन त क्ल्यापमा लेख्ने बिषयमा एनआर दोषी हैनन् तर निर्देशक भएपछी समग्र गल्तीको दोषी उनी नै बन्नु पर्ने हुन्छ जुन कुराले उनको बौद्धिकता माथिको प्रश्न उठिसकेको छ । के उनी फिल्म निर्देशनका लागि लायक छन् पक्कै पनि यो बिषयमा बहस हुन जरुरी छ । तर कार्यक्रममा निर्मातासघका अध्यक्षा राजकुमारराई र बिकास बोर्डका अध्यक्षगणेश भण्डारीको भाषण अन्य बिषयमा मात्र केन्द्रित रह्यो ।
.jpg)
कुरा यति मात्र हैन् कार्यक्रममा तयार गरिएको पोस्टर पनि सलमान खानको रिलिज हुन लागेको फिल्म एकथा टाईगरको पोष्टरसंग कतै मिले जस्तो देखिन्छ ।

मुहुर्तमा फुटाएको नरिवल र पुजाआजका सामग्री नचलाईएको अवस्थामा । पछि निर्देशकले बिर्सिएको भन्दै पुनः पुजा गरेका थिए ।
