
६ महिना अघि निर्मातासंघको प्रतिनिधत्व गर्दै चलचित्र बिकास बोर्डको सदस्य पदमा नियुक्त भएका निलहरी काफ्लेले भ्रष्टचारको आरोपका कारण कार्यसमितिको पद समेत गुमाउनु परेको छ ।
आज बसेको निर्माता संघको कार्यसमितिको बैठकले दश दिन अघि काफ्लेले दिएको राजिनामालाई स्वीकृत गर्दै सो निर्णय संचार मन्त्री समक्ष समेत पेश गर्ने तयारी गरेको छ । कार्यसमितिको बैठकले काफ्लेको राजिनामा सर्वसम्मतले स्वीकृत गरेको हो । निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु भएको बैठकले नयाँ सदस्य चुन्ने प्रक्रियाको जिम्मेबारी भने अध्यक्षलाई दिएको छ । अब अध्यक्षले जसलाई चाहान्छन उ नै निर्मातासंघको प्रतिनिधित्व गर्दै बोर्ड सदस्य हुने छन् । यध्यपी संघका सदस्य सुमन दाहालले बोर्ड जान लविग बढाएकाले उनलाई केही सदस्यले अध्यक्ष राई समक्ष सिफारिस गर्ने प्रबल सम्भावना छ ।
बैठक पश्चात संघका अध्यक्ष राजकुमार राईले अभियोग लागिसकेपछि स्वतः अयोग्य ठहर भएको भन्दै नैतिक दवावका कारण काफ्लेलाई बोर्डबाट फिर्ता सहित कार्यसमितिबाट पनि निस्कासन गरिएको बताए । जुन भनाई भिडियोमा तपाईले हेर्न सक्नु हुने छ । कारबाहीमा परेका काफ्ले अब संघको साधारण सदस्य बाराबर भएका छन् । २०६६ साल चैत १३ गते मनोनित हुदै कार्यसमितिको सदस्य भएका काफ्लेलाई २०६८ पौष २७ बसेको कार्यसमितिको बैठकले बोर्ड पठाएको थियो । यस अघि निर्देशक समाजको कार्यसमतिबाट पनि काफ्लेले विभिन्न दबाबका कारण राजिनामा दिनुपरेको थियो ।