
टाईटलमा केन्द्रित हुने हो भने ब्ल्याक नाईट कतै सेक्ससंग जोडिएको फिल्म त हैन भन्ने प्रश्न उठ्न सक्छ तर निर्देशक मधुसुदन भट्टराईले टाईटल त्यस्तो भएपनि फिल्मको कथा भिन्नै रहेको बताएका छन् ।
डेब्यू फिल्म 'ब्ल्याक मेल' भदौ २९ बाट रिलिज हुने फाईनल भएपनि उनी दोस्रो फिल्म ब्ल्याक नाईट निर्देशनका लागि आजबाट फ्लोरमा गएका छन् । मंगलबार बिहान उनको नयाँ टिमले फिल्मको शुभ मुहुर्त गर्दै आजबाट सुटिङ्ग सुरु गरेको छ । चलचित्र बिकास बोर्डमा निर्माता संघका अध्यक्ष राजकुमार राईले नरिवल फोडेर र चलचित्र संघका महासचिव प्रदीप उदयले क्ल्याप ठोक्दै फिल्मको मुहुर्त गरे । 'यो संयोगमात्र भन्नु पर्छ फष्ट फिल्मको अगाडी पनि ब्ल्याक र यसको अगाडी पनि ब्ल्याक हुनु किन कि मेरो फिल्मको स्टोरीको डिमान्डनै त्यस्तो भएकाले मैले फष्ट फिल्मको जस्तै ब्ल्याकलाई अगाडी राखेको हो ' निर्देशक भट्टराईले भने । स्क्रिप्टमा सेक्स पोईन्ट कतै भएपनि ग्ल्यामर शैलीमा मात्र खिचिने भट्टराई को तर्क छ ।

वोर्ल्ड टच एक्सप्रेसको ब्यानरमा हिराज बाबु गोर्खालीको पचास लाख बजेटमा निर्माण हुने सो फिल्ममा सम्पूर्ण कलाकार नयाँ लिएको निर्माण पक्षको भनाई छ । फिल्ममा निशा रिसाल, सुरज चिलवाल, सुरेश चिलवाल, अप्सरा घिमिरे, सिमा शाही ठकुरी अनुपा कार्की लगायत रहेका छन् । फिल्ममा काठमाडौँको ठमेल परिसरमा घुमेको कथा रहेको भनिएको छ । जहाँ सडक बालबालिकाको जिवन शैलीलाई आधार मानेर फिल्मको स्टोरी तयार गरिएको मुहुर्तमा जानकारी गराईयो ।
तिहारको छेकोमा रिलिज गर्ने उदेश्यका साथ सुटिङ्ग सुरु गरिएको सो फिल्मलाई शम्भु सापकोटाले रेड फोर के क्यामेराले खिच्ने छन् । यस्तै विकास चौधरीको संगीतमा प्रदीप श्रेष्ठले कोरियाग्राफी गर्ने छन् । फाईट भने रावण डेब्यू मास्टर चन्द्र पन्तको रहने छ ।



