
आफू दोषी नरहेको भन्दै क्लिन बुझाएका निलहरी काफ्लेको तर्क उपयुक्त नभएको भन्दै चलचित्र निर्माता संघले उनलाई चलचित्र बिकास बोर्डबाट औपचारिक रुपमा फिर्ता बोलाउने भएको छ ।
गत जेठ २६ गते बसेको संघको कार्यसमितिको बैठकले विवादित काफ्लेलाई बोर्ड सदस्यबाट राजिनामा दिन आग्रह गरेको थियो जस अनुरुप काफ्लेले सोही दिन राजिना लेखेका थिए जुन मंगलबार बस्ने संघको कार्यसमितिको बैठकले अनुमोदन गर्दै काफ्लेलाई पद मुक्त बनाउने छ । काफ्लेले चाबहिल चुच्चेपाटीमा रहेको केएल सिनेमा सिटीसंग एक लाख घुष लिएको आरोप लागेपछी उनी विवादित बनेका हुन । जसको बिषयमा निर्मातासंघले छानविन समिति समेत गठन गरी यो बिषयमा आफ्नो आधिकारिक धारणा पनि सार्वजनिक गरेको थियो । घुष काण्डको आरोपले चौतर्फी आलोचित बनेका काफ्लेको विरुद्धमा अख्तियारमा समेत उजुरी परेपछी उनी मात्र हैन समग्र फिल्म उद्योगको बेईज्जत भएको थियो जुन बिषयलाई मध्यनजर गर्दै काफ्लेलाई मंगलबारबाट निर्मातासंघले औपचारिक रुपमा पद मुक्त गर्न लागेको हो । संघको कार्यसमितिको बैठक मंगलबार अपरान्ह ३ बजेका लागि डाकिएको छ जुन बैठकबाट बोर्डमा कसलाई सिफारिस गरिने भन्ने बिषयको पनि टुङ्गगो लाग्ने बुझिएको छ । यध्यपी नयाँ सदस्य सिफारिस गर्ने अधिकार अध्यक्षमा रहने भएकाले सो बिषयको निर्णय पछि पनि हुन सक्ने छ ।
पेश गरेको क्लिन चिटमा आरोपित ब्यक्तिले सम्बन्धीत ठाउँमा उजुर गर्नुको साटो सचारमाध्यमबाट नभएको हल्ला फिजाएको साथै आरोपका लागि यथेष्ट प्रमाण नपुगेको भन्दै काफ्लेले आफू निर्दोष रहेको भनी दावी गरेका छन् । यस्तै काफ्लेले आफू दोषी रहेको प्रमाणित नभएकाले आफ्नो राजिनामा युक्ति संगत नभएको भन्दै राजिनामा स्वीकृत नगर्न पनि पत्रमा लेखका छन् जुन तर्कमा निर्मातासंघ उनीसंग असन्तुस्ट छ ।
संघका अध्यक्ष राजकुमार राईले काफ्लेको आफ्नो भनाई जे जस्तो सार्वजनिक गरेपनि विवाद भईसकेकाले उनलाई संघले फिर्ता बोलाउने अधिकार रहेको भन्दै फिर्ता बलाईने बताए । निर्मातासंघबाट बोर्डमा सदस्य सिफारिस यदि गरिन्छ भने उसलाई फिर्ता बोलाउने अधिकार कार्यसमितिमा रहन्छ जुन अधिकारको प्रयोग गर्दै संघले काफ्लेको राजिनामा भोली स्वीकृत गरी नयाँ सदस्य पठाउने कार्य सुरु गर्ने छ । यस्तै काफ्लेले पाँच दिन अघि काठमाण्डू जिल्ला अदालतमा केएल सिनेमा सिटी विरुद्ध रिट दायर गरेका छन् । रिट दायर गरिएको बिषयमा पनि काफ्लेले संघलाई बुझाएको क्लिन चिटमा उल्लेख गर्दै आफू निर्दोष रहेको तर्क गरेका छन् ।