मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डमा पहिलो चरणको आन्दोलन सकियो

फिल्मीखबर, काठमाण्डौ, 2012/06/18

भ्रष्टचारको विवादित मुद्दाले संस्था सहित  कर्मचारीको पनि बेईज्जत गराएकॊ भन्दै दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चलचित्र बिकास बोर्डका कर्मचारीहरुको  पहिलो चरणको आन्दोलन आजबाट सकिएको छ । 

 
गत बिहीबार बोर्डको सम्पूर्ण काम कारबाही ठप्प पार्दै पेन डाउन गरेका उनीहरुले आज बोर्ड परिसरमा मौन जुलुस निकाल्दै नेतृत्वको पुनः  ध्यानकर्षण गराएका थिए । यस अघि उनीहरुले आज धर्ना कार्यक्रम राख्ने बताएका थिए तर कर्मचारी संगठन प्रमुख आनन्द घिमिरेको मुड परिवर्तन भएपछी कर्मचारीहरुले बोर्डको पुस्ताकलमा मौन रहेर आजको आन्दोलन सफल बनाए । घिमिरेले यस अघि कडाईका साथ आफ्नो आन्दोलन अघि बढाउने बताएका थिए तर दुई दिन अध्यक्ष गणेश भण्डारीसंग दोलखा भ्रमणमा गएपछी उनले  केही लचकता देखाउदै  एक्कासी धर्ना कार्यक्रमलाई मौन जुलुसमा परिणत गरेका हुन ।  धर्ना कार्यक्रम गर्ने भनी उदघोष गरेका घिमिरेको मुड किन र कसरी परिवर्तन भयो त्यो उनीनै जानुन् तर यस बिषयमा फिल्मीखबरले बिस्तृत प्रश्न गर्दा उनले मौन आन्दोलन पनि एक किसिमको दवाव रहेकाले त्यसो गरिएको बताए । 
 
भ्रष्टचार मुद्धामा चलचित्र निर्मातासंघको सिफारिसमा बोर्ड सदस्य भएका निर्माता निलहरी काफ्लेले चाबहिल चुच्चेपाटीमा बन्दै गरेको  केएल सिनेमा सिटीबाट एक लाख घुस लिएको र पुनः एक लाख मागेको खबरले बिवाद बढेपछी बोर्ड कर्मचारीले यो बिषयमा बोर्डबाट पनि आधिकारिक धारणा आउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन ।