
उमेर बढ्दै गएपनि आफूलाई अभिनयमा पुरानो नबनाएकी नायिका झरना थापा रिलिजको क्रममा रहेको फिल्म 'ॐ' मा बिल्कुलै नयाँ गेटअपमा आउँदैछिन् । श्रावण १२ गतेबाट प्रदर्शनमा आउने भनिएको सो फिल्ममा झरनाको गेटअपका केहि तस्विरहरू सार्वजनिक गरिएको छ ।
रामजी लामिछानेको निर्देशनमा बनेको सो फिल्ममा झरनाको भुमिका के-कस्तो छ त्यो भने खुलाईएको छैन । दर्शकलाई उत्सुक बनाउन र फिल्म भित्रको कथा सस्पेन्स राख्न निर्माण टिमले तस्विर मात्र सार्वजनिक गरेको हो । फिल्ममा उनी दुई चरित्रमा देखिनेछिन् तर के कस्तो त्यो भने फिल्म हेरेपछि मात्र थाहा हुनेछ । यतिमात्र हैन फिल्ममा झरनालाई अन्य फिल्ममा भन्दा ग्ल्यामर बनाईएको निर्माण युनिटको दाबी छ ।
हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको 'ॐ' ग्याङस्टार फिल्म हो । फिल्ममा मायाप्रेम, द्धन्द, रोमान्स, पिडा सबै कुरालाई देखाईएको निर्माता करण क्रेजी बताउँछन् । केआर इन्टरटेन्मेन्टको व्यानरमा राजेश खड्गी र भुपाल कार्कीले पनि लगानी गरेको सो फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ ।
फिल्ममा झरनाको साथमा सुमन सिंह, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले पनि अभिनय गरेका छन् । फिल्मका अन्य तस्विरहरू तलको लिङ्कमा हेर्न सकिनेछ ।
http://www.filmykhabar.com/pictures/402