मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजसेवामा 'किन लाग्छ माया'

फिल्मीखबर, काठमाण्डौ, 2012/06/17

फिल्म रिलिजबाट नाफा कमाईएला वा नकमाईएला त्यो भोलीको कुरा हो तर पुण्य अवश्य कमाईन्छ भन्ने आशमा फिल्म किन लाग्छ मायाको यूनिटले समाज सेवामा थोरै भए पनि आफ्नो योगदान गरेको छ । 

 
आउदो शुक्रबार देखि देशभरिका दुई दर्जन हलमा एक साथ रिलिज हुन लागेको सो फिल्मको यूनिटले आईतबार प्रेस मिट गर्दै काठमाण्डू बबरमहलमा रहेको नेपाल मेघा कलेजमा एक विद्यार्थीलाई प्लस टू सम्मको अध्ययनमा पूर्ण छात्रबृति दिने भएको छ । प्रेस मटिमा दिईएको जानकारी अनुसार बिक्रि भएको सो फिल्मको हरेक टिकटबाट एक रुपैया छात्रबृतिका लागि छुट्ट्याईने छ जसबाट आर्थिक हिसावमा कमजोर एक विद्यार्थीलाई नि:शुल्क पढाई खर्च बेहोरिने छ ।
 
'पेशा जे भएपनि सामाजिक कार्य गर्न जसरी पनि सकिन्छ भन्दै उहाँहरुले ल्याएको यो प्रस्ताव मन परेकाले हामीले छात्रबृति दिने निर्णय गरेका हौ । जस अनुरुप आज हामी बीच एग्रीमेन्ट भएको छ तसर्थ यो अभियानमा हामीले पनि हात बढाएका हौ', छात्रबृति दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पश्चात सो कलेका निर्देशक गोपाल खनालले भने । सम्झौता अनुसार छात्रबृतिका लागि आवश्यक रकम फिल्मबाट नउठेमा कलेजको पनि सो सम्झौता पालना गर्न दायित्व रहने छ । 'निर्धारित रकम फिल्मबाट कलेक्सन भएन भने हामी आफैले एक विद्यार्थीलाई स्कलरसिप दिनेछौ', खनालले भने ।
 
यस्तै प्रोड्यूसर शक्ति बल्दभ घोरासैनीले फिल्म निर्माणसंगै समाज सेवामा अलिकति पाईला राख्न पाएकोमा आफू हर्षित भएको बताए । उनले जसरी मार्केटमा आफ्नो फिल्मको गित हिट भईरहेको छ सोही अनुरुप फिल्म पनि हिट हुने विश्वास ब्यक्त गर्दै यो कार्यलाई सहज ढङ्गमा अघि बढाउन सकिने विश्वास ब्यक्त गरे ।
 
 
 
 
झरना थापा, निखिल उप्रेती, राजबल्लभ कोईराला, गरिमा पन्त, रवि गिरी तथा निर्मल शर्मा र नयाँ अनुहारमा शंकर लामिछाने मुख्य कलाकार रहेको सो फिल्मको प्रेस मिटमा उपस्थित चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई तथा चलचित्र संघका महासचिव प्रदीप उदयले किन लाग्छ मायाको युनिटले गरेको समाज सेवाको कार्यलाई स्वागत गरे । कार्यक्रममा निर्माता संघका अध्यक्ष  राईले मुलधारे फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले गीत झै प्रदर्शनमा सफलता पाउदै सम्पूर्ण मुलधारे फिल्मको प्रतिनिधित्व गर्न सकोस भनी शुभकामना पनि दिए ।
 
यस्तै चलचित्र संघका उपाध्यक्ष प्रदीप उदयले विश्व फिल्मी बजारको बिजनेस डाटाको समिक्षा गर्दै विदेशी बजारको अनुपातमा यहाँ पनि सफल ब्यापार भईरहेको बताए । यध्यपी उनले अहिले फिल्म निर्माणको नाममा चलचित्र बिकास बोर्डले स्क्रिप्ट अध्ययन समिति खडा गरिएको बिषयमा आपत्ती ब्यक्त गरे । उनले भने, 'संसारमै कहि नभएको नियम यहाँ लागु भएको छ तसर्थ बोर्डले स्क्रिप्टमा सेन्सर गर्न थालेपछी सेन्सर बोर्ड प्रति नै अविश्वासको प्रश्न उब्जाईदिएको छ ।' 
 
कार्यक्रममा फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले अनुशासित र मर्यादित फिल्म बनाएको भन्दै फिल्म हेरेपछी दर्शकसंग आफ्नो नाता थप जोडिने विश्वास ब्यक्त गरे । यसैगरी दार्‍हीवाल हिरो राजबल्लभ काईरालाले डेब्यू फिल्म पर्खिबसेको गित जसरी चर्चित भएर फिल्म पनि हिट भयो सोही लेवलको चर्चा यो फिल्मको गितमा पनि भएको भन्दै नयाँ कुरा पनि बोलेका छन् । उनले कथाले बाधेको पूर्ण फिल्म भनी किन लाग्छ मायाको तारिफ गर्दै भनेका छन्, 'सम्भवत मैले मुलधारे फिल्ममा यतिको शसक्त अभिनय गरेको छैन ।' प्रशन्न पौडेलको डेब्यू फिल्म स्वर खेल्ने क्रममा अनुहारमा गम्भीर चोट लागे पश्चात निको भएपछि उनले खेलेको पहिलो फिल्म किन लाग्छ माया हो जसकारण पनि यो फिल्म आफ्ना लागि यदगार रहिरहने अभिनेता बल्लभले तर्क प्रस्तुत गरे  । 
 
संगीत पारखीहरुको मुख-मुखमा झुन्डिरहेको सो फिल्मको शिर्ष गित किन लाग्छ मायाको चर्चा सो कार्यक्रममा धेरै भएपनि संगीतकार लक्ष्मण शेष र गितकार प्रमोद ढुङ्गानको भनाईलाई  यूनिटले औपचारिक रुपमा राख्न नदिएको बिषयमा उनीहरुले चित्त दुखाएका थिए ।