मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४४ डिग्री तापक्रममा ढले फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2012/06/17

चौथौं दिनमा सुटिङ चलिरहेको फिल्म 'मञ्जरी' का चार फिल्मकर्मी अत्याधिक तापक्रमले गर्दा बिरामी हुन पुगे । शनिबार ४४ डिग्री तापक्रम भईंदिंदा सहन नसकेर बिरामी भएका फिल्मकर्मीलाई हस्पिटल नै भर्ना गर्नुपर्‍यो ।

 

निकै गर्मी स्थान मानिने बुटवलमा छायाँकनरत फिल्मका कलाकार सरिता भण्डारी, सहायक निर्देशक किशोर भट्ट र स्पट व्याय बिष्णु मैनाली ताप सहन नसकेपछि बेहोसै हुने गरेर बिरामी भएका हुन् । उनीहरू बिरामी भएपछि निर्माण युनिटले स्थानिय सिटी अस्पतालमा  उपचार गराएको थियो । अहिले सकुसल भई उनीहरूले   आफ्नो कामलाई निरन्तरता दिईसकेका छन् ।

 

फिल्मको कथा नै बुटवल क्षेत्रमा घटेको यथार्थ घटना भएकाले सुटिङ सोही स्थानमा गर्नु परेकाले गर्मी सहेर भएपनि काम गर्न बाध्य भएको निर्देशक गणेश देब पाण्डेले फिल्मीखबरलाई जानकारी गराए । उनले भने, '४४/४५ डिग्री तापक्रममा सुटिङ गर्न गार्‍हो त हुन्छ नै तर पनि हामी राम्रो प्रोडक्ट निकाल्न मेहनतका साथ गरिरहेका छौं ।' बुटवल, भैरहवा र नारायणगढमा २५ दिनको सेड्यूलमा काम गरेर युनिट काठमाण्डौ फर्कने निर्देशक पाण्डेले बताए ।

 

यता दुई दिन काम गरेर फिल्मकी कलाकार रष्मि भट्टले युनिटलाई थाहै नदिई अर्को सुटिङमा गई दिंदा निर्माण युनिट अर्को तनावमा पर्‍यो । निर्देशक पाण्डे भन्छन्, 'उहाँले अर्को फिल्ममा पनि एग्रिमेन्ट गर्नुभएको रहेछ  त्यसैले  अर्को युनिटबाट चर्को दबाब   आएकाले उहाँ जानु भाको हो र त्यसपछि हामीले उहाँको सट्टामा कोपिला थापालाई एग्रिमेन्ट गरि काम गराईसक्यौं ।' कलाकारहरू प्रोफेस्नल नभईंदिदा फिल्मकर्मीले यस्ता दु:ख बेलाबेला बेहोर्दै आउनु परेको यथार्थता रहेको पाण्डेको भनाई छ ।

 

टुका इन्टरटेन्मेण्टको व्यानरमा नरेश पाण्डे र महेश चालिसेले निर्माण गरिरहेको सो फिल्ममा गौरव पहाडी र सुजाता कोईराला मुख्य भुमिकामा छन् । यि दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् । साथमा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको मुख्य भुमिका रहनेछ । कालिप्रसाद बाँस्कोटाको संगीत र गम्भिर बिष्टको करियोग्राफी रहने सो फिल्ममा भारतबाट आएका नेपाली महेश पौडेललाई सिनेमाटोग्राफरको जिम्मा दिईएको छ । महेशलाई क्यामेरामा केहि भारतिय प्राबिधिकले साथ दिएका छन् ।