मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आधिकारिक रूपमा बजारमा लूट

फिल्मीखबर, काठमाण्डौ, 2012/06/17

केहि महिना अगाडी देखि अनलाईनमा छ्याप्छ्याप्ती पाईन थालेको फिल्म लूट अहिले मोबाईल र पेनड्राईभमा अनाधिकृत रूपमा पुगिसकेको छ । लाखौंले हलमा नै फिल्म हेरिसके र बाँकी कतिले त यू ट्यूब र मोबाईलमा हेरे तर पनि हाईटेक इण्टरटेन्मेन्टले अझै पनि लूट फिल्म हेर्न चाहनेहरू धेरै रहेको भन्दै भोली सोमबारबाट डिभिडी बजारमा ल्याउदैछ ।

 

राम्रो मूल्य तिरेर डिभिडी राईट किनेको हाईटेकले राम्रो गुणस्तरमा फिल्मको डिभिडी निकालेको बताएको छ । हाईटेक सञ्चालक राजेन्द्र मानन्धरका अनुसार राम्रो क्वालिटीमा घरमा बसेर फिल्म हेर्न चाहनेहरू धेरै छन् र त फिल्मको डिभिडी निकालिएको छ । पाईरेटेड फिल्म बजारमा पाउँदा आफ्नो बिजनेशलाई घाटा पुगे पनि उनलाई डिभिडी रामो खपत हुने बिश्वास छ । तामझामका साथ डिभिडी निकाल्ने तयारीमा रहेका राजेन्द्रले पाईरेसी भएका कारण केहि नगरी हतारमा निकाल्नु परेको बताए ।

 

०६८ साल पौष २९ गते रिलिज भई व्यवसायिक इतिहास रचेको फिल्म लूटलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । नरेन्द्र महर्जन र माधब वाग्लेले निर्माण गरेको सो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्मले थुप्रै हलमा ५१ दिन केही हलमा १०० दिन मनाएको थियो ।