मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आईफामा आर्थिक संकट

फिल्मीखबर, काठमाण्डौ, 2012/06/16

आदिवासी फिल्ममेकरहरुलाई एउटै धागोमा बाध्दै  त्यससंग सम्बन्धीत रहेर धेरै भन्दा धेरै फिल्म उत्पादन गर्ने उदेश्यका साथ स्थापना भएको ईन्डिजिनियस फिल्म अर्काईभ (आईफा) लाई आर्थिक संकट परेको छ ।

 
सन् २००७ देखि अर्न्तराष्ट्रिय स्तरको आदिवासी फिल्म महोत्सव गर्दे आएको उक्त संस्थालाई यो पटकको कार्यक्रम गर्न चरम आर्थिक संकट परेको हो । 'गत बर्ष १६ लाख बजेट थियो तर अर्न्तराष्ट्रिय सेलिब्रेटी धेरै ल्याएकाले ६ लाख थप्नु पर्ने हुदा उल्टै ऋणमा छौ हामी', शनिबार आयोजित प्रेस मिटमा आईफा अध्यक्ष नविन सुब्बाले भने । संविधानसभाको लफडाका कारण छैठौ संस्करणको महोत्सव एक महिना ढिलो गर्दे उक्त संस्थाले असार २८ देखि ३१ सम्म काठमाण्डूको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा महोत्सव गर्दैछ । यध्यपी आर्थिक समस्याका बाबजुत महोत्सव भब्य बनाउने लक्षय लिएको छ उक्त संस्थाले । 
आफई महोत्सव निर्देशक साजोग लाफा मागरका अनुसार स्थापनाको समयमा सवै तिरबाट राम्रो सहयोग पाए पनि पछिल्ला बर्ष ती सहयोग घट्न थालेपछी समस्या पर्न थालेको बताए । उनले भने, 'सफल रुपमा हिजो भन्दा आज कार्यक्रम बृहत भईरहेको तर सुरुमा पाँच लाख दिएको संस्थाले अहिले ३ लाख पनि दिन हिचकिचाउछ ।'  लाफाका अनुसार स्थापना कालदेखि सहयोग गर्दै आएको आदिवासी जनजाति उत्थान प्रतिष्ठानले समेत महोत्सव गर्न यस पटक २ लाख घटाएर तिन लाख मात्र दिएको छ ।
 
यसैगरी चलचित्र बिकास बोर्डले स्थापना कालमा एक लाख सहयोग गरेपनि हाल सो रकम ७५ हजारमा सिमित भएको आईफाको गुनासो छ । शैलेश आचार्य बोर्डमा अध्यक्ष हुदा एक लाख सहयोग पाईएको थियो तर बोर्डमा तीन वटा पदाधिकारी परिवर्तन भईसकेर यो अवस्थामा आईपुग्दा एक लाख बाट घटेर ७५ हजार मात्र सहयोग पाउदा दु:ख लागेको आईफाको भनाई छ ।
 
 
यस्तै स्वदेशी संघसंस्थाबाट सहयोग नपाएपछी आईफाले यो पटक देखि ताईवान ईन्डिजिनियस टेलिभिजनबाट ५ लाख सहयोग लिएको छ । सो सहयोग बापत सो टेलिभिजनले ८ वटा फिल्म आफ्नो टेलिभिजनबाट प्रसारण गर्ने छ । यस्तै ल्याटिन अमेरिका ईन्डिजिनियस फिल्म अर्काईभका फिल्ममेकरहरुले २५ सय डलर उठाएर कार्यक्रम गर्न सहयोग गरेको अध्यक्ष सुब्बाले जनाए । गत बर्ष खर्च भएको बजेट भन्दा भन्दा मुठ्ठी कसेर आधा बजेटमा यो बर्षको कार्यक्रम १२ लाखमा तय गरेको आईफाले आजको मितिसम्म १० लाख ७५ हजार संकलन गरेको छ भने बाँकी रकम मार्केटिङबाट उठाउने जनाएको छ । यध्यपी बजेट अझै बढ्ने र यो पटक पनि ऋण लाग्ने सम्भावना रहेको आईफाले जनाएको छ ।
 
'भारतमा महोत्सव हेर्ने छुट्टै निर्देशनालय सरकारले गठन गरेकाले त्यहाँ महोत्सव ब्यवस्थित हुने गरेको छ तर विश्वमै तेस्रो ठूलो आदिवासी चलचित्र महोत्सवले परिचित हामी कहाँ यो अवस्था छ तसर्थ यस किसिमको संकट परेकाले आउदा दिनमा कार्यक्रम गर्न नसक्ने अवस्था हामीले देखेका छौ', आर्थिक पक्षले चिन्तित भएर अध्यक्ष सुब्बाले गुनासो पोखे ।
 
 
 
यो पटक अष्ट्रेलिया, यूरोप र नेपालको तर्फबाट समाजशास्त्री डम्बर चेम्जोङ जुरीमा रहने छन् । जसले आईफामा सहभागी हुन आएका ८० वटा लामा छोटा फिल्महरुलाई छनौट गर्ने छन् । तर अर्न्तराष्ट्रिय फिल्म मेकर को-को आउछन् भन्ने कुरामा आर्थिक समयस्याका कारण आईफाले निर्णय गर्न सकेको छैन । महोत्सवमा नेपालको तर्फबाट ५४ वटा फिल्म सहभागी छन् भने अन्य १६ मुलुकबाट ५२ वटा फिल्म रहेको बताईएको छ । जसमध्ये नेपालको १८ वटा फ्रेस फिल्मको प्रिमियर सो महोत्सवमा गरिने छ ।
 
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार उत्कृष्ट हुने तीन फिल्मलाई क्रमश गोल्डेन, सिल्भर र ब्रोन्ज अवार्डले सम्मान गरिने छ । यस्तै एक फिल्मलाई जुरी अवार्ड अर्को पब्लिक च्वाईस र नेपाल तर्फबाट उत्कृष्ट एक फिल्मलाई २५ हजार नगद साथै यो पटक देखि नयाँ विद्या गैर आदिवासी फिल्म निर्माण गर्नेलाई १५ हजार नगदले पुरस्कृत गरिने छ ।
 
नेपाली संस्कृति बचाउन आयोजना हुने यस किसिमका महोत्सवलाई आर्थिक पाटो होस वा नैतिक दुवै पक्षले नेपाल सरकार सहित अन्य संघसंस्थाले सहयोग गर्न जरुरी छ । किन कि यस किसिमका महोत्सवले सर्वप्रथम नेपाललाई अर्न्तराष्ट्रिय रुपमा चिनाउने सक्छ भन्ने कुरामा सम्बन्धीत पक्षको ध्यान केन्द्रित हुन जरुरी छ ।
 
Most Visited News (monthly)