मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश भण्डारीलाई हटाउन माग गर्दै प्रचण्ड निवासमा फिल्मकर्मीको डेलिगेशन

फिल्मीखबर, काठमाण्डौ, 2012/06/16

चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी माओवादी समर्थित तर उठबस काँग्रेससंग ज्यादा भएको भन्दै अखिल नेपाल चलचित्रकर्मी संघ अर्न्तगतका केही फिल्मकर्मी आज माओवादी अध्यक्ष प्रचण्डलाई भेटी भण्डारीको बिषयमा कम्प्लेन गर्ने तयारीमा जुटेका छन् ।

फाईनल रूपमा प्रचण्डको समय नपाएका उनीहरूले समय पाउना साथ भण्डारीको बिषयमा रिपोर्टिङ गरी बोर्डबाट उनलाई हटाउन पहल गर्ने बुझिएको छ । अखिल नेपाल चलचित्रकर्मी संघका अगुवा निर्देशक शिवजी लामिछानेको नेतृत्वमा करिब १५ जनाको एक टोली प्रचण्ड निवास पुग्ने कार्यक्रम छ । सम्भवत साढे १२ बजे सम्मको सयममा उनीहरू प्रचण्ड निवास पुगी भण्डारीको काम कारबाहीको बिषयमा रिपोर्टङि गर्ने बुझिएको छ । यध्यपी आज प्रचण्डको समय नमिले  उक्त टोली भोली रिपोर्टिङका लागि जाने छ ।

एक सदस्यले भने, 'भण्डारी जीले बोर्डमा त्यत्रो घुष प्रकरण हुँदा केही नबोल्नु, कर्मचारीले पेन डाउन गर्दा पनि हेरिरहनु लगायतका विभिन्न बिषयमा प्रचण्ड समक्ष  टिप्पणी हुने छ ।' सो रिपोर्टिङमा भण्डारी आलोचनामा परेका विभिन्न न्यूज कटिङ समेत बुझाउन तयारी संघले गरेको । यस्तै गत बिहिबार भण्डारीले प्रचण्डलाई भेट्न गएको बिषयलाई बजारमा नकारत्मक शैलीले प्रचार गरिएको भन्दै भण्डारी निकट फिल्मकर्मी चेतन सापकोटाले ईमान्दारिताको जमाना नरहेको बताएका छन् । उनले भने, 'अध्यक्ष ज्यूलाई विभिन्न आरोप लगाईयो तर सो भेट नीर शाह र मौसमी मल्ललाई भेटाई दिने कार्यक्रम थियो जतिबेला प्रचण्डसंग अध्यक्ष ज्यूको  हाई हेल्लो बाहेक अरू गफ समेत हुन पाएन ।'
 

बजारमा चलेको फिल्मी हल्ला अनुसार गणेश भण्डारीले आफू निकटका प्रचण्डलाई बिकास बोर्ड घुष काण्डलाई रोकथाम गर्न आग्रह गरेका थिए । विशेषत अख्यितार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई अनुसन्धान प्रक्रियामा नलग्न उनले प्रचण्ड पावर युज गरेको खबरले उद्योग तातेको छ । यस्तै रिपोर्टङिको बिषयमा गणेश भण्डारीले त्यो अधिकार उनीहरूमा रहेको बताएका छन् । उनी हिजो शुक्रबार बोर्ड पूर्व अध्यक्ष शैलेश आचार्य, कलाकार मदनदास श्रेष्ठसंग दोलखा गएका छन् जहाँ फिल्म स्टूडियो निर्माण प्रक्रियाको थालनी हुँदैछ ।